सेयर बजार ३८ अङ्कले वृद्धि, आठ अर्ब बढीको कारोबार
काठमाडौँ– सेयर बजारमा यो साता ३८ अङ्कले बढोत्तरी भई रु आठ अर्ब ३८ करोड बराबरको कारोबार भएको छ ।
सेयर बजारको मापक निकाय नेपाल स्कट एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३८ अङ्कले बढेर एक हजार ७२३ अङ्कमा पुगेको हो । क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ इन्डेक्स समेत आठ अङ्कले बढेको छ । विकास बैंक समूह सबैभन्दा धेरै बढेको छ । स्टकका अनुसार विकास बैंक समूह ८० अङ्कले बढेको हो ।
यस्तै बिमा समूह पनि बढ्ने क्रममा नै रह्यो । सो समूह ७३, जलविद्युत् ३९, वाणिज्य बैंक ३६, फाइनान्स २४, होटल १७, उत्पादनमूलक क्षेत्र १३ तथा व्यापार र अन्य समूह एक एक अङ्कले बढेको स्टकले जनाएको छ ।
कुल १५० कंको कारोबार भएको यो सातामा कारोबार रकम भने रु आठ अर्ब ३८ करोड नौ लाखको भएको छ । उक्त कारोबार रकम अघिल्लो साताको तुलनामा करिब सात प्रतिशतले बढी हो । यो साता दुई करोड २८ लाख कित्ता सेयर खरिद बिक्री भएको स्टकको तथ्याङ्कमा उल्लेख छ ।
यसै साता जलविद्युत् लगानी तथा विकास कंको १० करोड कित्ता सेयर सूचीकृत भयो भने मेरो माइक्रोफाइनान्सको २० लाख कित्ता सेयर पनि बजारमा आएको छ । जलविद्युत् कंले सार्वजनिक सूचनामार्फत नै सेयर स्टकमा सूचीकृत भएको जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण