सरकार कलाकारको साथमा छ : प्रधानमन्त्री
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली सरकार चलचित्र क्षेत्रको विकासका लागि प्रतिबद्ध भएको बताएका छन् ।
नेपाल चलचित्र कलाकार सङ्घ फ्यानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्र उपेक्षित हुँदैन भन्दै समाजका सबै क्षेत्रको विकासबाट मात्र राष्ट्रको विकास हुने बताए । उनले भने, ‘‘मुलुकलाई चलचित्र गन्तव्य बनाउन र चलचित्र उद्योगलाई विकासित गर्न हामी लाग्नेछौँ । तपाईँहरु यस क्षेत्रको उत्थानमा लाग्नुस्, सरकार कलाकारको साथमा छ ।’’
प्रधानमन्त्रीले सङ्घको कार्यालय भवनका लागि आफूले प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सङ्घले सञ्चालन गरेको प्रथम फ्यान सम्मान, २०७२ बाट वरिष्ठ गायक, नाट्यकर्मी तथा चलचित्र अभिनेता हरिप्रसाद रिमाललाई सम्मान गरियो । सम्मानका साथ रु एक लाख ११ हजार एक सय ११ छ । प्रधानमन्त्री ओली र सूचना तथा सञ्चारमन्त्री शेरधन राईबाट सो सम्मान प्रदान गरियो ।
विसं १९८२ असोज २ मा जन्मनुभएका रिमाल नाट्य प्रशिक्षक हुनाका साथै ‘आमा’, ‘सिन्दुर’, ‘के घर के डेरा रु’, ‘प्रीति’ जस्ता चलचित्रमा अभिनय समेत गरेको छ । यसैगरी फ्यानको विशेष सम्मानबाट नायक राजेश हमाल, नायिका रेखा थापा र चलचित्र कलाकार अनमोल केसीलाई पनि सम्मान गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण