टौखेल घटनाको दोषीलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं– गृहमन्त्री शक्तिवहादुर वस्नेतलाई माओवादी सम्वद्ध विभिन्न ३ वटा विद्यार्थी संगठनले ललितपुर टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ्ग स्कुलको घटनाका दोषीलाई कडा कार्वाही गर्न माग गरेका छन् ।
अखिल(क्रान्तिकारी)का अध्यक्ष रमेश मल्ल, अर्को अखिल(क्रान्तिकारी)का अध्यक्ष रत्न ढकाल र क्रान्तिकारी विद्यार्थी संगठन, नेपालका अध्यक्ष सन्तोष विष्टसहितको प्रतिनिधि मण्डलले मन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै कारबाही गर्न माग गरेका हुन् ।
ज्ञापनपत्रमा टौखेल घटनाका दोषीलाई हदैसम्मको कार्वाही गर्नुपर्ने, पिडितलाई उचित परिपुरण गरिनुपर्ने, मृतक विद्यार्थीको स्मृतिमा अक्षय कोष स्थापना गरिनुपर्ने लगायतका माग राखिएको छ ।
त्यसैगरी तोकिएको मापदण्ड विपरित बनाइएका विद्यालय भवनको तत्काल अनुगमन गरि असुरक्षित विद्यालय भवनमा पठनपाठन गर्ने कार्य तत्काल रोक्न समेत माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बस्नेतले घटनाका दोषीलाई छानबिन गरि तत्कालै कानुनको दायरामा ल्याइने र पिडितलाई समेत उचित परिपुरणको व्यवस्था मिलाइने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण