कैलालीको अत्तरियामा सुदूरपश्चिमकै ठूलो कोल्ड स्टोर निर्माण हुने
कैलाली–कैलालीको अत्तरियामा सुदुरपश्चिमकै दोस्रो ठूलो सित भण्डार कोल्ड स्टोर निर्माण कार्य सुरु गरिएको छ ।
२ सय मेट्रिक टन क्षमता भएको कोल्ड स्टोर निर्माणका लागि साना तथा मझौला कृषि आय वृद्धि परियोजना रिज्म, वल्र्ड भिजन, चुरे भावर राष्ट्रपति कार्यक्रम र क्षेत्रिय कृषि थोक बजार समितिले संयुक्त रुपमा लगानि गर्ने क्षेत्रिय कृषि थोक बजार समितिका अध्यक्ष नन्दलाल भटटले जानकारी दिए ।
झन्डै ४ करोड ५२ लाख १४ हजार ४ सय ५४ रुपैयाँको लगानीमा कोल्ड स्टोरको निर्माण गर्न लागिएको हो । आज एक कार्यक्रममका बीच पूर्वमन्त्री लेखराज भटट्ले निर्माण कार्यको शिलन्यास गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री भटट्ले कोल्ड स्टोर निर्माण कार्यले यस क्षेत्रका किसानहरुलाई प्रत्यक्ष फाइदा पुग्ने भएकाले निर्माण कार्य सम्पन्न गर्नुमा सबैले सहयोग पुर्याउनु पर्नेमा जोड दिए ।
यसअघि कोल्ड स्टोर नहुँदा स्थानीय किसानहरुले उत्पादन गरेका आलु महेन्द्रनगर, नेपालगन्ज लगेर भण्डारण गर्ने गरेका थिए । क्षेत्रिय कृषि थोक बजार अत्तरीया परिसरभित्र कोल्ड स्टोर निर्माण हुने भएपछि स्थानिय किसानहरु हर्षित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण