एसएलसी पास गरेका श्रमिकका छोराछोरीलाई सम्मान
काठमाडौँ–नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ शाखाले प्रवेशिका परीक्षा उत्तीर्ण गरेका श्रमिकका छोराछोरीलाई सम्मान गरेको छ ।
ट्रेड युनियन काँग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९३ औँ जन्मजयन्तीका अवसरमा आज एक कार्यक्रमको आयोजना गरी नेपाल ट्रेड युनियन काठमाडौँ शाखामा आबद्ध २५ जना श्रमिक तथा उनीहरुको छोराछोरीलाई सम्मान गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष कल्याण गुरुङले बालबालिकाले राजनीतिक कुरालाई नकारात्मक रुपमा हेर्ने गरेको बताउँदै सकारात्मक रुपमा बुझ्न आग्रह गरे ।
उनले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयनका लागि काँग्रेसले नै अग्रसरता लिनुपर्ने स्पष्ट पारे । उनले भने, “काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती छ कार्यान्वयनका लागि राजनीतिक दलबीच एकता हुनु जरुरी छ ।”
नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य खगेन्द्र खत्रीले ट्रेड युनियनको आन्दोलनमा स्व गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताउँदै संविधानको पूर्ण कार्यान्वयन भएमात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुन्छ भने ।
नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ शाखाका सल्लाहकार सूर्य नेपालले नेपाली समाजलाई समतामूलक र कल्याणकारी राज्यको स्थापनाको अभियानका लागि ट्रेड युनियनको आन्दोलन भएको बताए ।
नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ शाखाका अध्यक्ष गणेश भट्टराईले ट्रेड युनियन सम्पूर्ण श्रमिकको पक्षमा लड्दै आएको बताउँदै ट्रेड युनियनको हक र अधिकारका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण