प्रहरी हिरासतबाट थुनुवा भागेपछि दमकमा खैलाबैला
शनिबार, १८ असार २०७३, १९ : १७
झापा–जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका एक थुनुवा इलाका प्रहरी कार्यालय दमकको हिरासतबाटै फरार भएपछि अहिले इलाका प्रहरी कार्यालय, दमकमा खैलाबैला मच्चिएको छ ।
नाबालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका झापा बेलडाँगीका १८ वर्षीय सुरज राई कामी प्रहरी हिरासतबाटै फरार भएपछि इलाका प्रहरी कार्यालय दमकमा खैलाबैला मच्चिएको हो । उनी शुक्रबार साँझ फरार भएको बताइएको छ ।
शुक्रबार सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान पार्टीले दमकमा आयोजना गरेको कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजन लिम्बूसहितको प्रहरीको टोली कार्यक्रमस्थलमा रहेका बखत खानाखाने क्रममा उनी मेसबाट पर्खाल नाघेर फरार भएको बताइएको छ ।
नाबालिकालाई बलात्कार गरेको अभियोगमा उनी गत असार ५ गतेदेखि प्रहरी हिरासतमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण