फुटबलको उपाधि भगवती युवा क्लबलाई
काठमाडौँ– गत वर्षको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनुभएका पूर्व सांसद एवम् नेपाली काँग्रेसका नेता चक्रबहादुर ठकुरीको स्मृतिमा सम्पन्न प्रथम क्षेत्रीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि भगवती युवा क्लब, गोकर्णेश्वर–१६ ले जितेको छ ।
सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलमा सम्पन्न फाइनल प्रतियोगितामा साँगा बोर्डर युथक्लब काभ्रेलाई ५–४ गोल अन्तरले पराजित गर्दै भगवती क्बले उपाधि जितेको हो । खेलमा पहिलो अग्रता भने १५ औँ मिनेटमा विकास श्रेष्ठको गोल मार्फत साँगा युथ क्लबले लिएको थियो तर ५६ औँ मिनेटमा भगवतीका सन्तोष काफ्लेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीबाट कुनै गोल भएन र खेल ट्राइबेकरमा पुगेको थियो ।
प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार जितेको छ भने दोस्रो भएको साँगाले रु २५ हजार पाएको छ । विजयी खेलाडीलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङकर भण्डारीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुरे ।
गत वर्षको वैशाख १२ गतेको भूकम्पका बेला रसुवाबाट काठमाडौँ फर्कँदा भूकम्पसँगै आएको पहिरोमा परी ठकुरीको मृत्यु भएको थियो ।
बालसेवा केन्द्र गोकर्णेश्वर–५ द्वारा गत जेठ ३१ गतेदेखि आयोजित प्रतियोगितामा उपत्यका र काभ्रेका गरी २३ क्लबको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण