सडकबत्ती जडानका लागि वाणिज्य संघद्वारा पाँचलाख सहयोग
बिर्तामोड–सडकबत्ती जडानका लागि झापा उद्योग वाणिज्य संघ बिर्तामोडले रु ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
संघले नगरको विकासका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको संघका अध्यक्ष वलराम कार्कीले बताए ।
६५ प्रतिशत रकम सरकारको लगानी, १५ प्रतिशत नगरपालिकाको र २० प्रतिशत स्थानीयवासीको लागतमा सडकबत्ती जडानका लागि सरकारले बिर्तामोड नगरपालिकालाई मात्रै रु ४ करोड ६० लाख रुपैयाँ रकम विनियोजित गरेको छ ।
विनियोजित रकमलाई तत्काल सदुपयोग गर्दै नगरका व्यावसायीको हितलाई मध्यनजर गर्दै वाणिज्य संघले उक्त रकम सहयोग गर्ने निर्णय गरेको कार्कीले बताए ।
जसका लागि संघका उपाध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा गठित सडकबत्ती जडान उपभोक्ता समितिले गठन गरेको थियो । त्यस्तै शनिश्चरे रोडमा मोहन ओली, भद्रपुर रोडमा उमेश डालमिया, काँकरभिट्टा रोडमा देवीभक्त श्रेष्ठ, अतिथि सदन रोडमा राजेन्द्रकुमार थापाको संयोजकत्वमा सौर्यबत्ती जडान समिति बनाइएको छ ।
पाँचवटै समितिलाई संघले एक÷एक लाख रुपैयाँ दिने निर्णय गरेको झापा उद्योग वाणिज्य संघ बिर्तामोडका कार्यालय सचिव राजु गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण