महशुल वृद्धिप्रति सिएनआईको विरोध
काठमाडौ–विद्युत महशुल निर्धारण आयोगले साउन १ गतेवाट लागु हुनेगरि विद्युत महशुल वृद्धि गर्न लागेकोप्रति नेपाल उद्योग परिसंघ (सिएनआई) ले विरोध गरेको छ । सिएनआईले यो अवस्थामा विद्युत महशुल वृद्धि गर्दा मुल्यवृद्धि थप वढ्ने र औद्योगिक उत्पादनमा समस्या आउने जनाएको छ । सिएनआइले औद्योगिक उत्पादनमा हस आउने र उत्पादनको प्रतिश्पर्धामा समेत असर पर्ने भन्दै विद्युत महशुल वृद्धिको निर्णयप्रति विरोध जनाएको हो । सिएनआइले विद्युत महशुल वृद्धि गर्नुपूर्व चुहावट नियन्त्रण गर्नुपर्ने माग अघि सारेको छ । चुहावट नियन्त्रण गर्नुको सट्टा महशुल वृद्धि गर्दा आम उपभोक्तालाई असर पर्ने सिएनआइको ठम्याइ छ । आयोगले केही दिन अघि हालको महशुल शुल्कमा १९ प्रतिशत बढाउन सिफारिस गरेको छ । यसवाट उपभोक्ताको बिजुली खर्च बढ्ने भएको छ । यो सिफारिस कार्यान्वयन भएपछि आगामी साउन १ गतेवाट विद्युत उपभोक्ताले न्युनतम् प्रति युनिट ३ रुपैयाँदेखि अधिकतम् १४ रुपैयाँसम्म प्रतियुनिट महशुल तिर्नुपर्नेछ । थोरै युनिट खपत गर्ने उपभोक्ताले प्रति युनिट ३ रुपैयाँ र बढी खपत गर्नेले १४ रुपैयाँ तिर्नुपर्ने सिफारिसमा उल्लेख छ । तर, विद्युत महशुल निर्धारण नियमावली २०५० मा भने बर्षमा ५ प्रतिशतभन्दा बढी महशुल वढाउन नमिल्ने व्यवस्था रहेको भएपनि यसपटक १९ प्रतिशत बढाउन सिफारिस भएको भन्दै उपभोक्तावादी र विभिन्न औद्योगिक संगठनले यसको विरोध जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण