मतगणनास्थलमा नाराबाजी गरेपछि सुरक्षा व्यवस्थामा कडाइ
गुल्मी– रेसुङ्गा नगरपालिकाको मतदानस्थलमा प्रहरीले शुक्रबार साँझदेखि सुरक्षा व्यवस्था एकदमै कडा बनाएको छ । दिउँसोसम्म पत्रकार सम्मलाई भित्र दिइएकोमा अहिले साँझदेखि पत्रकारहरुलाई पनि पहिलो तलामै राखेर माथिल्लो तलामा मतगणनास्थल सुरक्षित पारिएको छ ।
९ वटा वडा मतगणना भई सक्दा मेयरमा नेपाली कांग्रेसका उमेदवार भुवनप्रसाद श्रेष्ठलाई एमालेका डिल्लीराज भुसालले झिनो मतले पछ्याएपछि मतदानस्थल वाहिर एमालेका कार्यकर्ताहरुले विजयी उत्सव मनाउन सुरु गरेका छन् ।
विजयी जुलुस र नारावाजी गरेको केहिवेरमै त्यही हुल भित्र एक्कासी आएर आम्नेसाम्ने हुँदै नारावाजी गरेपछि प्रहरीले तत्काल थप प्रहरी वल परिसर भित्र र गेट वरीपरी थपेको हो ।
११ हजार ५ सय ४५ मत खसेकोमा हाल सम्म ९ हजार ७ मत गणना भएको छ । त्यस मध्ये श्रेष्ठ ४७२३ मत आर्थत २०७ मतले अग्रता लिएका छन् भने ४५१६ मत ल्याएर भुसालले उनलाई पछ्याइरहेका छन् ।
वडा नम्वर १० मा एमाले प्यानलको मत झण्डै डेढ सयको अग्रता भएको र मेयर पदका उमेदवार भुसालको मत बढ्दै गएका कारण एमाले कार्यकर्ता मतदानस्थल जिल्ला प्रशासन कार्यालय अगाडी नारावाजी गरेका थिए । एमालेले नारावाजी गरिरहेको स्थानमा नेपाली कांग्रेसका कार्यकर्ताहरु पनि आएर नारावाजी गर्न थालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण