श्रीमतीको हत्या गरी भाग्न खोज्ने श्रीमान् विमानस्थलबाट पक्राउ
भक्तपुर - सूर्यविनायक नगरपालिका–४ सल्लाघारीमा आज एक महिलाको हत्या भएको छ ।
भक्तपुरको सल्लाघारीमा परिवारसँग बस्दै आएकी २३ वर्षीया दीपा कार्कीको हत्या भएको भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।
हत्या आशङ्कामा प्रहरीले आजै अपराह्न दीपाको श्रीमान् २५ वर्षीय विजय कार्कीलाई काठमाडाँै विमानस्थलबाटै पक्राउ गरेको उनले बताए । प्रहरीले कार्कीको मोबाइल ‘ट्र्याक’ गरेर पछ्याउँदै विमानस्थलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरेको र उसको कपडामा रगत लागेकाले हत्या श्रीमान्बाटै भएको हुनसक्ने बताएको छ ।
घटनास्थल पुगेका महानगरीय प्रहरीवृत्त जगातेका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले आज दिउँसो हम्मरले टाउकामा हानेर हत्या गरेर श्रीमान् फरार भएको प्रारम्भिक अनुमान गरिएको बताए ।
हम्मरले हानेर मृतकको टाउकामा गम्भीर चोट लागेर मृत्यु भएको पाइएको जानकारी दिँदै उनले मृतकका सासूससुरा दुई वर्षीय र चार वर्षीय छोरा थानकोटमा विवाहमा गएको मौका पारेर घरको पहिलो तलामा हत्या गरेको पाइएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।
हत्या आशङ्कामा पक्राउ परेका मृतककी पति विजयलाई प्रहरीवृत्त जगातेमा राखेर अनुसन्धान सुरु गरिएको छ । साँझ मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण