आलूको बोक्रा फाल्नुअघि पाँच पटक सोच्नुहोस्, यसले टाढा राख्छ यी रोग
शनिबार, ०१ साउन २०७३, १३ : ४९
आलू जुन पनि तरकारीमा मिल्ने भएका कारण यसलाई लगभग सबै मानिसहरुले खाने गर्दछन् । स्वादको लागि पनि यो मिठो तरकारीको रुपमा लिइन्छ । आलु खाँदा हामी त्यसको बोक्रा तास्ने गर्दछौं तर के तपाईंलाई थाहा छ, आलुको बोक्रा खाँदा निकै फाइदा छ ।
यदि आलुमा पाइने गुणको भरपुर मात्रामा प्रयोग गर्न चाहनुहुन्छ भने यसको बोक्रासहित पकाउनुहोस् । यसले तपाईंलाई यी पाँच रोगबाट पनि राख्दछ ।
१. रक्तचापलाई नियन्त्रणमा राख्छः
आलुमा प्रचुर मात्रामा पोटासियम पाइन्छ । पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ ।
२. मेटाबोलिजमको लागि धेरै राम्रोः
आलुको बोक्राले मेटाबोलिजमलाई पनि सहि राख्दछ । विशेषज्ञलाई मान्ने हो भने आलुको बोक्रा खाँदा नशाहरु बलियो हुने गर्दछ ।
३. आलुको बोक्रा खाँदा ताकत आउँछः
आलुको बोक्रामा भरपुर मात्रामा भिटामिन बीथ्री पाइन्छ । भिटामिन बीथ्रीले ताकत दिने काम गर्दछ । यसका साथै यसमा हुने नैसिन कार्बोजलाई इनर्जीमा कन्भर्ट गर्दछ ।
४. रक्तअलपत्ता हुन दिँदैनः
यदि तपाईं आइरनको कमीसँग जुधिरहनुभएको छ भने अरु तरकारीसँगै आलुको बोक्रा खाँदा पनि फाइदा हुनेछ । आलुको बोक्रामा आइरनको श्रोत निकै राम्रो हुन्छ जसबाट रक्तअलपत्ताको हुनबाट बचाउँछ ।
५. फाइबरले भरपूरः
हाम्रो खानामा फाइबरको केही मात्रा हुन अत्यावश्यक छ । आलुमा भरपूर मात्रामा फाइबर हुने गर्दछ भने यसको बोक्रामा फाइबर अझ बढि पाइने गर्दछ । यसले पाचन प्रणालीलाई पनि बूस्ट गर्ने काम गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
-
प्रख्यात अभिनेता साम निलको निधन
-
स्वर्णिम वाग्लेको भूमिकालाई लिएर बालेन असन्तुष्ट, यी मन्त्रीको कार्यसम्पादनमा रविको प्रश्न
-
यस्तो खाद्य पर्दाथले क्यान्सरको जोखिम घटाउन सक्छ
-
राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाएर १० वटामा सीमित गर्न योजना आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण