केन्द्रीय समितिमा छलफल गरेर मात्र निर्णय गर्न देउवालाई पौडेलको आग्रह
आइतबार, ०२ साउन २०७३, १५ : ३२
काठमाडौँ - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरुले केन्द्रीय समितिमा आवश्यक परामर्श गरेर पार्टीका महत्वपूर्ण निर्णय लिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
वरिष्ठ नेता पौडेलको नेतृत्वमा कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा रामशरण महतले सभापति देउवासँग मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन् ।
देउवा निवास बूढानीलकण्ठमा आज भएको उक्त भेटमा वर्तमान सरकारविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको नेता डा महतले जानकारी दिए ।
भेटमा उनीहरुले सबै पक्षसँग आवश्यक सरसल्लाह गरेर शीघ्र पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिन र विभाग गठन गर्न पनि सभापतिलाई सुझाव दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण