नेपाली विद्यार्थीको पहलमा धुर्मुस–सुन्तलीलाई अमेरिकादेखि पाकिस्तानी विद्यार्थीहरुको सहयोग
काठमाडौं – चीनको राजधानी बेइजिङमा अध्ययनरत नेपाली विद्यार्थीहरुले धुर्मुस–सुन्तली फाउन्डेसनका लागि सहयोग रकम जम्मा गरेका छन् । बेइजिङका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले सहयोग रकम जम्मा गरेका हुन् ।
करिब ६२ विद्यार्थीहरुले फाउन्डेसनका लागि रकम जम्मा गरेका हुन् । यसरी फाउन्डेसनलाई सहयोग गर्नेमा नेपाली विद्यार्थीहरु मात्र नभएर पाकिस्तान, बंगलादेश, अमेरिका र चिनियाँ विद्यार्थीहरु पनि रहेका छन् । उनीहरु बेइजिङ ल्याङवेज एण्ड कल्चरल युनिभसिर्टी र बेइजिङ नर्मल युनिभर्सिटीका विद्यार्थी रहेका छन् ।
सिन्धुपाल्चोकको गिरनचौरमा भूकम्पपीडतका लागि सामुहिक आवास निर्माणमा जुटेका हाँस्यकलाकारद्वय सिताराम कट्टेल र कुञ्जना घिमिरेका लागि उनीहरुले ४०४५ आरएमबी रकम जम्मा गरेका छन् ।
आइतबार फाउन्डेसनको कार्यालय पुगेर उनीहरुले उक्त रकम हस्तान्तरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण