घरमै अवैद्य आश्रम : बालबालिकालाई धर्म परिवर्तन गराउन खोज्ने जेल चलान
ललितपुर - मानव ओसारपसार गरी धर्म परिवर्तन गराउन खोज्ने चिनिमाया तामाङलाई जिल्ला अदालत ललितपुरले बिहीबार पूर्पक्षका लागि जेल चलान गरेको छ ।
धनकुटा जिल्ला धनकुटा नगरपालिका–४ बस्ने तामाङले विगत पाँच वर्षदेखि सम्बधित निकायबाट संस्था नवीकरण नगराइ आफ्नै घर कोठाबाट अवैध रुपमा माया अनाथ आश्रम सञ्चालन गर्दै आएको भेटिएको महानरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए ।
निज तामाङले शङ्खमुलस्थित हरिबहादुर तामाङले सञ्चालन गर्दै आएको जेरुसेलम एन्टिवन चर्चमा बालबालिकालाई राखेर मानव ओसारपसार तथा जबर्जस्ती धर्म परिवर्तन गराउँदै आएको सूचनाको आधारमा प्रहरीले असार १० गते रङ्गेहात पक्राउ गरिएको जनाएको छ ।
प्रहरी र जिल्ला बालकल्याण समिति समेतको संयुक्त टोलीले उक्त चर्चवाट १४ जना बालबालिकालाई उद्धार गरिएको प्रहरीले बताएको छ । उक्त कार्यमा संलग्न तामाङद्वयलाई मानव ओसारपसार र धर्म परिवर्तन उद्योग मुद्दा अन्तर्गत अदालतले चिनिमायालाई जेल चलान गरिएको जनाएको छ ।
चर्चका सञ्चालक हरिबहादुर तामाङलाई नगद रु पचास हजार धरौटी माग गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण