चट्याङले विद्युत् सेवा अवरुद्ध्
बैतडी - चट्याङका कारण बैतडीको रौलेश्वरमा २४ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
असारको तेस्रो सातादेखि अविरल वर्षासँगै परेको चट्याङका कारण गाउँमा विद्युत् सेवा अवरुद्ध भएको हो ।
विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । विद्युत् अवरुद्ध भएको बारेमा विद्युत् प्राधिकरणलाई जानकारी गराउँदा समेत केही पहल नभएको उनीहरुको गुनासो छ । गाउँमा विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइल चार्ज गर्नदेखि कुटानीपिसानी समेत बन्द भएको स्थानीयवासी नरेन्द्र विष्टले जानकारी दिए ।
रौलेश्वर उच्च माविमा कम्प्युटर सञ्चालन गर्न सकिएको छैन भने स्वास्थ्य चौकीमा ‘फ्रिज’मा राख्नुपर्ने खोप राख्न नसकिएको रौलेश्वर स्वासथ्यचौकीका प्रमुख डेपुराम रानाले जानकारी दिए । उनले भने, “फ्रिजको अभावमा खोप सेवा नै प्रभावित हुन पुगेको छ ।”
यस्तै पाटन नगरपालिका–२ सकारमा विगत १४ दिनदेखि विद्युत् अवरुद्ध भएको छ । सो ठाउँमा रहेको विद्युत् ट्रान्सर्फमरमा समस्या भएपछि १३ दिनदेखि विद्युत् अवरुद्ध भएको स्थानीय गणेशदत्त भट्टराइले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण