सडक निर्माण गर्दा नहर पुरियो, एघार सय रोपनी खेत बाँझै
बैतडी - सडक निर्माण गर्दा नहर पुरिएर एक हजार एक सय रोपनी खेत बाँझै रहेको छ ।
त्रिपुरा–सेरा–ढिकगाड सडक निर्माणका क्रममा दशरथचन्द नगरपालिका–६ मा सिँचाइ नहर पुरिँदा उक्त खेतमा रोपाइँ लगाउन नपाउँदा बाँझै रहेको स्थानीय कैलाश जोशीले जानकारी दिए ।
धानखेतीका लागि पकेट क्षेत्रका रुपमा चिनिने दशरथचन्द नगरपालिका– ६ र १२ सेरामा पर्ने जवाली नहर करिब ७०० मिटर पुरिएको छ । सडक निर्माणका क्रममा पुरिएर ११ कट्ठामा लगाइएको मकै र धानबाली समेत नष्ट भएको छ । गएको जेठ महिनामा सडक निर्माण गर्दा खेतीयोग्य जमिन पुरिएको हो । ठेकेदारको लापर्बाहीका कारण नगरपालिकाका–६ र १२ वडाका करिब २०० परिवार मारमा परेका छन् ।
ठेकेदारलाई बारम्बार समस्याबारे जानकारी गराउँदा समेत कुनै चासो नदेखाएको स्थानीयवासी सुनिल कार्कीले गुनासो गरे । “सडक निर्माण गर्दा ठेकेदारले माटो पन्छ्याउने बताए पनि त्यसो गरेका छैनन्,” उनले भने । नहर पुरिएकोबारे स्थानीयले सडक डिभिजन कार्यालय र जिल्ला प्रशासनमा निवेदन दिएका छन् । रोपाइँको समय सकिन लाग्दा खेतीयोग्य जमिन बाँझै छ । विसं २०३५ मा उक्त नहर निर्माण गरिएको हो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण