डा. केसीको अनसन : विज्ञसँगको छलफलपछि पुनः वार्ता
काठमाडौँ -सरकार र डा गोविन्द केसी प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेबाट बसेको दोस्रो चरणको वार्ता विज्ञसँग छलफल गर्नुपर्ने भन्दै स्थगित भएको छ ।
सरकारी वार्ता टोली संयोजक एवम् स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले केही विषयमा गाँठो फुकाउनका लागि विज्ञसँग छलफल गर्नुपर्ने भएकाले पुनः अर्को चरणमा वार्ता गर्ने सहमति भएको जानकारी दिए ।
उनले भने, “केही विषय निकै जटिल छन् । ठोस निष्कर्षमा पुग्न विज्ञको राय आवश्यक परेकाले वार्ता केही समयका लागि स्थगित गरिएको छ । अब हुने वार्तालाई अन्तिम बनाउन हाम्रो प्रयास रहनेछ ।” विज्ञको सुझावपछि अर्को चरणको वार्ता आजै बस्ने उनको भनाइ छ ।
डा केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा रञ्जनकुमार सापकोटाले वार्तामा हिजोको तुलनामा केही अगाडि बढेपनि मुख्य विषयमा छलफल नै हुन नसकेको बताए ।
उनले भने, “हामी सहमतिको नजिक पुग्न खोजीरहेका छौँ, उहाँहरुले विज्ञसँग छलफलका लागि समय मागेपछि सकेसम्म आजै ७ बजेतिर पुनः वार्तामा बस्ने सहमतिसहित वार्ता स्थगित भएको छ ।”
दुवैै पक्ष आजै निष्कर्षमा पुग्न सहमत भएका छन् । वार्ता सकारात्मकरुपमा अघि बढेको बताइएको छ । बिहीबार र शुक्रबार गरी– ८ घन्टासम्म वार्ता भएको छ । डा केसी चिकित्सा क्षेत्र सुधारलगायत विभिन्न माग राख्दै गत १३ दिनदेखि अनशन बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण