भारतविरुद्ध फलोअनमा वेस्ट इन्डिज
एन्टिगुवा – भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिज फलोअनमा परेको छ । भारतले पहिलो इनिङमा बनाएको विशाल ५६६ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज आफ्नो पहिलो इनिङमा मात्र २४३ रनमा सिमित बनेपछि फलोअन गर्न बाध्य बनेको हो ।
आफ्नै गृहमैदानमा वेस्ट इन्डिज सन् २००६ पछि पहिलो पटक फलोअनमा परेको हो । यसअघि भारतले नै वेस्ट इन्डिजलाई फलोअनका लागि बाध्य बनाएको थियो ।
वेस्ट इन्डिजको इनिङ सस्तोमै समेट्ने क्रममा भारतका तीव्र गतिका बलरद्वय मोहमद शामी र उमेश यादवले ४–४ विकेट लिए । त्यस्तै अमित मिश्राले २ विकेट लिए । विकेट किपर ऋद्धिमन शाहले पनि ६ वटा विकेट लिनमा मुख्य भूमिका निभाए ।
पहिलो इनिङमा वेस्ट इन्डिजका क्रेग ब्राथवेटले सर्वाधिक ७४ रन बनाए भने विकेटकिपर सेन डोरिचले नटआउट रहँदै ५७ रन बनाए ।
अन्त्यतिर कप्तान जेसन होल्डरले ३० रन बनाए पनि वेस्ट इन्डिजका मध्यक्रममा कुनै पनि ब्याटसम्यानले उल्लेख्य योगदान दिन असफल रहे ।
वेस्ट इन्डिजले दोस्रो इनिङको पनि शुरुवात गरिसकेको छ । तेस्रो दिनको खेल समाप्ति हुँदासम्म वेस्ट इन्डिजले एक विकेटको नोक्सानीमा २१ रन बनाएको छ ।
इशान्त शर्माको बलमा ब्राथवेट मात्र २ रन बनाएर आउट भइसकेका छन् ।
यसअघि पहिलो इनिङमा कप्तान विराट कोहलीको मेडन दोहोरो शतक र रविचन्द्र आश्विनको शतकको मद्दतले भारतले ८ विकेटको नोक्सानीमा ५६६ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण