आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बारीमा बाँदर धपाउन पुगेकी ९ वर्षिया बालिका बलात्कृत

आइतबार, ०९ साउन २०७३, १२ : ११
आइतबार, ०९ साउन २०७३

उदयपुर  - उदयपुरको लाफागाँऊ गाविसमा बाँदर धपाउन गएकी एक बालिका बलात्कृत भएकी छिन् । मकैलाई बाँदरबाट जोगाउन बारीमा गएकी ९ बर्षिया बालिका बलात्कृत भएकी हुन् ।

बालिकालाई स्थानीय ५२ वर्षिय डिगबहादुर पाठकले शुक्रवार बिहान बालिकालाई घर नजिकैको मकै बारीमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बालिकालाई जबरजस्ती करणी गरेको स्थानीय महिला स्वयसेविका बिष्णु मल्लले थाहा पाएपछि पाठक भागेका थिए । फरार पाठकलाई शुक्रवार राती कमलबहादुर बरालको घरमा स्थानीयबासीहरुले चारैतिर घेरा हाली पक्राउ गरेको थियो ।

स्थानीयबासीले पाठकलाई पक्राउ गरि शनिवार साँझ जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएका छन् । बलात्कृत बालिकाको स्थानीय स्वास्थ्य चौकीमा स्वस्थ्य परिक्षण गरि ल्याएको उनको यौनाङ्गमा घाउ भएको अभिभावकले जानकारी दिए ।

बालिकाको पुनः स्वास्थ्य परिक्षण गरि जबरजस्ती करणी मुद्दा चलाउने तयारी भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप