बारीमा बाँदर धपाउन पुगेकी ९ वर्षिया बालिका बलात्कृत
उदयपुर - उदयपुरको लाफागाँऊ गाविसमा बाँदर धपाउन गएकी एक बालिका बलात्कृत भएकी छिन् । मकैलाई बाँदरबाट जोगाउन बारीमा गएकी ९ बर्षिया बालिका बलात्कृत भएकी हुन् ।
बालिकालाई स्थानीय ५२ वर्षिय डिगबहादुर पाठकले शुक्रवार बिहान बालिकालाई घर नजिकैको मकै बारीमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बालिकालाई जबरजस्ती करणी गरेको स्थानीय महिला स्वयसेविका बिष्णु मल्लले थाहा पाएपछि पाठक भागेका थिए । फरार पाठकलाई शुक्रवार राती कमलबहादुर बरालको घरमा स्थानीयबासीहरुले चारैतिर घेरा हाली पक्राउ गरेको थियो ।
स्थानीयबासीले पाठकलाई पक्राउ गरि शनिवार साँझ जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएका छन् । बलात्कृत बालिकाको स्थानीय स्वास्थ्य चौकीमा स्वस्थ्य परिक्षण गरि ल्याएको उनको यौनाङ्गमा घाउ भएको अभिभावकले जानकारी दिए ।
बालिकाको पुनः स्वास्थ्य परिक्षण गरि जबरजस्ती करणी मुद्दा चलाउने तयारी भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण