काठमाडौँ विश्वविद्यालयमा अख्तियारले हस्तक्षेप गरेको आरोपको छानविन गर्न उपसमिति गठन
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौ विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेको भन्ने विषयमा छानविन गर्न संसदको सुशासन समितिले उपसमिति गठन गरेको छ । पाँच सदस्यीय उपसमितिमा उदय नेपाली श्रेष्ठ, जनकराज जोशी, नरसिँह चौधरी, पद्म नारायण चौधरी र मिलन कुमारी राजवंशी रहेका छन् ।
समितिले १० दिन भित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन सार्वजनिक गर्ने सुशासन समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । काठमाण्डौ विश्वविद्यालयले एमडी, एमएस र एमडिएसको परीक्षामा हस्तक्षेप गरेको आरोप लागेपछि सुशासन समितिले अख्तियारका अधिकारीहरुलाई बोलाएर मंगलबार छलफल गरेको हो ।
अघिल्लो बैठकमा समितिले काठमाण्डौ विश्वविद्यालयका पदाधिकारीलाई बोलाएर छलफल गरेको थियो । दुवै तर्फको कुरा सुन्दा विरोधाभाषपूर्ण भएको भन्दै साँसदहरुले उपसमिति गठन गरेर छानविन गर्नुपर्ने माग राखेका थिए ।
बैठकमा जवाफ दिन पुगेका अख्तियार सचिव शान्तराज सु्वेदीले कानुनी रुपमा स्थापना भएका सबै निकाय स्वायत्त हुने तर सिमा भन्दा बाहिर गएको हेर्नका लागि अख्यिारलाई संविधान र कानुनले अधिकार दिएकोले छानविन गरेको बताए । ‘अन्य सम्पूर्ण विश्वविद्यालय छानविनको दायरामा छन् । छानविन भैरहेका छन् । अदालतमा मुद्दा पनि गएका छन्,’ उनले भने ‘भ्रष्टाचार भएको हो कि होइन भन्ने जान्नका लागि नै छानविन भएको हो , अख्तियार प्राज्ञिक मर्यादाको सम्मान गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण