ढुङ्गा र पहिरो झरेपछि फिदिम–राँके सडकखण्ड अवरुद्ध
मङ्गलबार, ११ साउन २०७३, १४ : ००
पाँचथर - निरन्तरको वर्षाले सडकमाथिबाट ढुङ्गा र पहिरो झरेपछि मेची राजमार्ग अन्तर्गत फिदिम–राँके सडकखण्डको फिदिम–२ स्थित साम्दिनमा गए रातिदेखि सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा अहिले दर्जनौँ सवारी साधन रोकिएका छन् । अहिले सडक खुलाउन नेपाली सेना र सशस्त्र प्रहरी लागिपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडकमा रहेको ढुङ्गा पन्छाउन लोडर चाहिने र लोडर ल्याएर ढुङ्गा पन्छाउँदा आज दिनभर बाटो अवरुद्ध हुन सक्ने जिप्रका पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
यस्तै सरदमुकाम फिदिम–१ स्थित शिवालय मन्दिर छेउबाट पहिरो खस्दा कञ्चनजङ्घा एकेडेमी उमावि तथा त्यहाँ रहेका दुई घर जोखिममा परेका छन् ।
यसैबीच स्थानीयवासी टेकनाथ बाँस्कोटाको सेफ्टी ट्यांकी र शौचालय पहिराले बगाएको छ । यस्तै उनको घर र जय नेम्वाङको घर पहिराको उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । नेम्वाङका घरमा डेरा गरी बस्ने सन्तकुमार थापाले पालेका दुई खसी पहिराबाट पुरिँदा मरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण