रातु नदीमा आएको बाढीले बाली नोक्सान
बर्दिबास - झन्डै दुई सातादेखिको वर्षासँगै रातु नदीमा आएको बाढीले महोत्तरी जिल्लाका उर्वर जग्गा कटान गर्नाका साथै बिघौँ बिघा जग्गाको बाली नोक्सान गरेको छ ।
बर्दिबास नगरपालिकाका कृष्णपुर, मनहरिपुर तथा पशुपतिनगर, भङ्गाहा, बिजलपुरा, हतिसर्वा र सिङ्ग्याही सहितका गाविसमा साउने सङ्क्रान्तिका दिनदेखि सुरु भएको सघन वर्षासँगै रातु नदीमा आएको बाढीले सयौँ बिघा उर्वर जग्गा कटानसँगै ५० बिघाभन्दा बढीको बाली नोक्सान गरेको किसानले बताएका छन् ।
खासगरी गत आइतबार रातिदेखि परेको मुसलधारे पानीसँगै आएको बाढीले नदीका दुई किनारमा यसपालि बनाइएको कच्ची बाँध तोडेर जग्गा कटान र बाली नोक्सान गरेको किसानको भनाइ छ । बर्खा सुरु भएपछि गत असार अन्त्यतिर बाँधिएको बाँध आइतबार रातिको बाढीले फुटाउँदा आफ्नो गाविसमा मात्र सय बिघा उर्वर जग्गा कटान भएर बगरमा परिणत भएको पशुपतिनगरका पूर्वअध्यक्ष नथुनी महतोले बताए । पशुपतिनगर– ४, ६, ७, ८ र ९ का घर घरमा बाढी पसेर उत्पात मच्चाएको पूर्वअध्यक्ष महतोको भनाइ छ । पशुपतिनगरमा १५० बिघाभन्दा बढीमा लगाइएको उखु, तरकारी र बगैँचा समेत बाढीले बगर बनाएको किसानले बताएका छन् ।
त्यसैगरी बिजलपुराको भेडिहारी र जुडीटोल, भङ्गाहाको पलार, टोका र रामनगरसहितका बस्तीमा बाढी पसेको छ । आइतबार रातिको बाढीले आफ्नो गाविसको ५० बिघा जग्गा कटान गरेर ३० बिघाभन्दा बढीको बाली नोक्सान गरेको भङ्गाहा–३ रामनगरका सामाजिक कार्यकर्ता रामईश्वर ठाकुरले बताउनुभयो । आइतबार राति हतिसर्वाका १ र ५ तथा सिङ्ग्याहीका ३, ४, ६ र ९ नं वडामा बाढी घरघरै पसेर ताण्डव मच्चाएको जिविसका पूर्वसदस्य विष्णुनारायण पञ्जियारले बताए ।
सिङ्गै हिउँद त्यत्तिकै कटाएर बर्खा लागेपछि बर्दिबास र पशुपतिनगरमा रातु नदीमा बाँधिएको बाँधको माटो खुकुलो भएकाले बाढीले सजिलै भत्काउँदा ठूलो क्षति व्यहोर्नुपरेको यस क्षेत्रका सर्वसाधारणले बताएका छन् ।
बाँध भत्केकाले अब आउने बाढीले बस्तीका घर सजिलै लडाउने स्थिति देखिएको पशुपतिनगर–६ दलित बस्तीका महेश्वर राम बताउँछन्। प्रजिअ वीरेन्द्रकुमार यादवले बाढी प्रभावित क्षेत्रमा विभिन्न निकायको समन्वयमा बचाउ कार्य तत्काल सुरु गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण