सन् २०२६ को विश्वकपमा ४० टोली, अफ्रिकाबाट थप दुई टोली : फिफा अध्यक्ष
जुरिच – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०२६ को विश्वकपमा सहभागी टोलीको संख्या बढाएर ४० पुर्याउनु पर्ने प्रस्ताव अघि सारेका छन् । यो प्रस्ताव पास भए अफ्रिकाबाट विश्वकपमा थप दुई टोली विश्वकपमा सहभागी बन्ने उनले बताएका छन् ।
हाल ३२ वटा टोली विश्वकपमा सहभागी हुँदै आइरहेकोमा इन्फान्टिनोले फिफा अध्यक्ष हुनअघि गत फेब्रुअरीमा नै उक्त प्रस्ताव पेश गरेका थिए ।
‘मेरो प्रस्तावमा ४० टोली रहने भनिएको छ । यदी मेरो प्रस्ताव पास भएमा अफ्रिकाबाट कम्तिमा थप दुई टोली विश्वकपमा सहभागी हुन पाउनेछन्,’ इन्फान्टिनोले भने । अफ्रिकाबाट हाल ५ वटा टोलीले विश्वकपमा सहभागिता जनाइरहेको छ ।
सन् २०१८ मा रसिया र सन् २०२२ मा कतारमा हुने विश्वकपमा भने यो लागु हुने छैन । दुवै प्रतियोगितामा ३२ टोली नै सहभागी हुने निश्चित भइसकेको छ ।
यता, नियम उल्लघंन गरेको मामिलामा फिफा अध्यक्षलाई इथिक्स कमिटीले पनि सोधपुछ गर्न बाँकी रहेको छ ।
उनीमाथि विश्वकपको आयोजक बन्न आकांक्षी राष्ट्रले दिएको प्लेन प्रयोग गरेको, योग्यतालाई ध्यान नदिई नियुक्तिहरु गरेको र व्यक्तिगत प्रयोगका सामाग्रीहरुको बिल तिर्न फिफालाई लगाएको आरोप छ ।
यदी उनीबिरुद्धको आरोपहरु पुष्टि भए उनी ९० दिनसम्मका लागि निलम्बनमा पर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण