आद्योगिक प्रतिष्ठान बन्द गर्ने माओवादी घोषणा
सोमबार, १७ साउन २०७३, १६ : ५६
काठमाडौँ – नेकपा माओवादी निकट मजदूरहरुले साउन २३ गते औद्योगिक प्रतिस्ठान बन्द गर्ने घोषणा गरेका छन् ।
नेपाल बन्दको क्रममा गिरफ्तार संगठनका सचिव भानुभक्त आचार्य र नविन विष्टलाई रिहाईको माग गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
सोमबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासंघका उपत्यका ब्यूरो संयोजक शंकर अधिकारीले रिहाई गर्न पकटपकट प्रहरी प्रशासनसँग माग गर्दा पनि झुट्टा मुद्धा लगाएकाले संघर्षमा जानु परेको बताए ।
कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्र कुमालले नेपाल बन्द राजनीतिक मुद्धा भएको बताउँदै सो क्रममा गिरफ्ता सबैलाई विना सर्त रिहाई गर्नुपर्ने बताए ।
संगठनले साउन १८ गते प्रचारप्रसार, १९ गते तिनकुनेमा जनप्रर्दशन, २० गते बबरमहलमा जनप्रर्दशन, २१ गते उपत्यकाव्यापी कोणसभा गर्ने समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण