धरहरा अब ४२ रोपनी क्षेत्रफलको जग्गामा बन्ने
काठमाडौं –भूकम्पबाट भत्किएको धरहरा अब ४२ रोपनी क्षेत्रफलको फराकिलो जग्गामा पुनर्निमाण गरिने भएको छ । हुलाक विभाग र टक्सार कार्यालयको जग्गा समेतलाई ओगटेर धरहरा ४२ रोपनी क्षेत्रफलमा पुनर्निमाण गरिने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अब बनाइने धरहराको डिजाइन सोमबार सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको डिजाइन अनुसार भूमिगत पार्किङ, दुई वटा लिफ्ट, म्युजियम, थिएटर र रेष्टुरेण्टसहितको धरहरा २२ तलाको हुने छ । मन्त्रालयले केज कन्सल्ट प्रालिमार्फत धरहराको डिजाइन सार्वजनिक गरेको हो । २६ लाख रुपैयाँको डिजाइन अनुसार धरहरा बनाउन ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बताए । उनका अनुसार धरहरा बनाउनका लागि सहयोग गर्न जनतालाई आव्हान गरिने छ । जनताबाट अपेक्षित रुपमा सहयोग नजुटे नेपाल टेलिकमको सहयोग लिइने मन्त्री पोखरेलले बताए ।
सरकारले धरहराको पुनर्निमाणका लागि सहयोग जुटाउन म बनाउँछु मेरो धरहरा अभियान संचालन गरेको ८ महिनाको अवधिमा जम्मा १ करोड ९५ लाख रुपैयाँ संकलन भएको छ । सहयोग रकम अपेक्षित रुपमा संकलन नभएपछि नेपाल टेलिकमले धरहराको पुनर्निमाणका लागि अनुमानित गरिएको ३ अर्ब रुपैयाँ नै लगानी गर्न इच्छा देखाइ सरकारलाई पत्राचार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण