मलेसियामा नयाँ कानून विवादमा
सोमबार, १७ साउन २०७३, १९ : ३२
क्वालालम्पुर १७ साउन - मलेसियामा हाल आएको नयाँ सुरक्षाको कानून विवादमा परेको छ ।
गत एक बर्षभन्दा बढी समयदेखि सरकारी कोषको भ्रष्ट्राचार गरेको आरोपमा राजिनामाको माग भइरहेका प्रधानमन्त्री नाजिब रजाकलाई बढी शक्तिशाली बनाउन यो कानुन कार्यान्वयनमा आएको बताइएको छ ।
सरकारी कोषमा भीषण भ्रष्ट्राचार गरेको आरोपमा प्रधानमन्त्रीमाथि अनुसन्धान जारी रहेको अवस्थामा यो कानून ल्याइएको छ ।
प्रधानमन्त्री रजाकले भने आतङ्कबादसँग लड्न यो कानूनको आवश्यक रहेको बताएका छन् ।
सुरक्षासम्बन्धि उक्त नयाँ कानूनले प्रधानमन्त्री रजाकलाई देशको कुनै पनि भू–भागमा सुरक्षाको संवेदनशिल क्षेत्र घोषणा गर्ने अधिकारी दिइएको छ ।
उक्त क्षेत्रका प्रहरीले विना पूर्जीनै व्यक्ति, भवन, गाडी आदीमा खानतलासी गर्न पाउने अधिकार रहेको छ ।
प्रधानमन्त्री रजाकलाइ बढी शक्तिशाली बनाउनको लागि यो कानून ल्याइएको आलोचकहरुको आलोचना रहेको छ ।
संयुक्त राष्ट्र सङ्घका एक अधिकारीले मानवअधिकार उलङघनको लागि यो कानूनले थप शक्ति प्रदान गर्ने दिने चिन्ता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण