मलेसियामा मृत्यु
सोमबार, १७ साउन २०७३, १९ : ५६
रामपुर (पाल्पा), १७ साउन - वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका पाल्पासँग सिमाना जोडिएको नवलपरासीको रकुवा–२ अलिटारका शेरबहादुर विकको मलेसियामा मृत्यु भएको छ । सदीक्षा ओभरसिज काठमाडाँै मार्फत मलेसियाको युनिक फर्निचर दाङतिङमा कार्यरत विक शनिबार राति ३ बजे आफ्नै कोठामा मृतावस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ । रोजगारीका लागि छ वर्षअघि झन्डै रु डेढ लाख खर्चेर मलेसिया पुगेका उनले काम गरेअनुसार कमाइ नहँुदा हालसम्म पनि लिएको ऋण तिर्न नसकिएको उनका बुबा धनबहादुरले जानकारी दिनुभयो । गरिब परिवारका विकको परिवारले मलेसियामा रहने नेपाली र दूतावासलाई शव नेपाल ल्याइदिन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण