तनुजाको हत्या आरोपी भारतबाट पक्राउ
मङ्गलबार, १८ साउन २०७३, २३ : ५०
काँकडभिट्टा – झापाको शान्तिनगर–१ की ११ वर्षीया तनुजा कोइरालाको हत्यामा आरोपित एक व्यक्ति पक्राउ परेका छन् । झापाको बुधबारे–५ स्थित मामाघरमा आएकी तनुजाको गत साउन ५ गते सुतेकै स्थानमा हत्या भएको थियो ।
तनुजाको हत्या अभियोगमा झापाको मेचीनगरमा डेरा गरी बस्ने ३५ वर्षीय राजकुमार राजवंशी पक्राउ परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक श्याम अधिकारीले जानकारी दिए । घटनापछि फरार रहेका अभियुक्त राजवंशीलाई नेपाल प्रहरीको टोलीले भारतको उत्तर प्रदेशस्थित नन्दीपुरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेर आजै नेपाल ल्याएको हो ।
यसैबीच, कोइरालाको हत्यारालाई तत्काल सार्वजनिक गर्न माग गर्दै आज मेचीनगरका महिलाहरुले बृहत ¥याली निकालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण