भूकम्पपछि उपत्यकाबासीको आयआर्जन घट्यो, पुनःस्थापनासम्बन्धी कार्यक्रम ल्याउनुपर्नेमा जोड
मङ्गलबार, १८ साउन २०७३, २३ : ५३
काठमाडौँ – काठमाडाँै उपत्यकामा भूकम्पपछि सर्वसाधारणको आयआर्जन घटेकाले जीविकोपार्जनको समस्या परेको बताइएको छ ।
लुमन्ति नेपाल र अक्सफामले संयुक्त रुपमा ‘सहरी सामुदायिक पुनःनिर्माणका लागि जीविकोपार्जनसम्बन्धी’ कार्यशाला गोष्ठीमा सहभागीले उपत्यकामा बसोबास गर्ने सर्वसाधारणको आयआर्जन घटेकाले जीविकोपार्जनमा समस्या परेको बताए ।
उनीरुले आयआर्जन घटेसँगै जीविकोपार्जनमा समस्या परेकाले पुनःस्थापनासम्बन्धी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा भूकम्प पुनःनिर्माण प्राधिकरणका सदस्य डा कृष्ण भण्डारीले भूकम्पछि सर्वसाधारणको आयआर्जनमा घटेको बताउँदै आयमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
उनले पुनःनिर्माणको काम सँगसँगै जीविकोपार्जनसम्बन्धी कार्यक्रममा सञ्चालन गरेमात्र वास्तविक रुपमा पुनःनिर्माण हुने बताए ।
नेपाल रेडक्रस सोसाइटीका उमेश दाहालले भूकम्पले उपत्यकाका मानिसमा आर्थिक उपार्जन घटाएको बताउँदै आयआर्जन सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
लुमन्ती नेपालका अध्यक्ष लजना मानन्धरले उपत्यकामा दैनिक गुजारा समस्या परेकाले आफूहरुले १७० जनालाई आयआर्जन सम्बन्धी कार्यक्रम गरिएको जानकारी गराइन् ।
अक्सफामका कार्यक्रम संयोजक प्रवीणमान सिंहले उपत्यकामा भूकम्पपछि जीविकोपार्जनमा जोखिम बढेकाले त्यस्ता समुदायको पहिचान गरी स्वरोजगार प्रदान गर्ने जानकारी गराए ।
उनका अनुसार भाडामा बस्ने, खोलाको किनार बस्ने र उपत्यकाका रैथानेहरु जो भाडाबाट मात्र जीविकोपार्जन गर्नेहरुलाई समस्या परेको छ ।
एक अध्ययनले उपत्यकामा तीन प्रतिशत गरिबी बढाएको तथ्याङ्क सार्वजनिक गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण