सात वर्षीया बालिका बलात्कार गर्ने युवा पक्राउ
मङ्गलबार, १८ साउन २०७३, २३ : ५५
खोटाङ – सात वर्षीया बालिकालाई जबर्जस्ती बलात्कार गर्ने खोटाङका एक युवालाई प्रहरीले पक्राउ परेको छ ।
घरनजिकै खेल्दै गरेकी बालिकालाई जबर्जस्ती बलात्कार गर्ने खिदिमा–१ का १८ वर्षीय बबिन राई पक्राउ परेका हुन् ।
पक्राउ परेका राईविरुद्ध जबर्जस्ती करणीअन्तर्गतको मुद्दा दर्ता गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए । उनका अनुसार पक्राउ परेका राईले बालिकालाई बलात्कार गरेको स्वीकार गरेका छन् ।
बलात्कृत बालिकाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ ।
राईले गत साउन–१५ गते बेलुका बालिकालाई बलात्कार गरेको जनाइएको छ । बेलुकाको समयमा बालिका रुँदै घरमा गएपछि सोधपुछ गर्दा बलात्कृत भएको थाहा पाइएको पारिवारिक स्रोतले जनाएको छ ।
बालिका बलात्कृत भएपछि साउन–१६ गते इलाका प्रहरी कार्यालय मात्तिममा उजुरी परेको थियो । उजुरी परेपछि खटिएका प्रहरी टोलीले राईलाई साउन १७ गते बेलुका घरैबाट पक्राउ गरिएको प्रनाउ माझीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण