कलर्स मोबाइलको एस ९ स्टाइलिस र सेल्फी फोन
काठमाडौं– नेपालमा स्थापित ब्राण्ड कलर्स मोबाइलले एस ९ सिरिजको हातेसेटहरु बजारमा ल्याएको छ । कम्पनीका अुनसार यस फोनले उच्चकोटीको अनुभूति दिलाउँनुका साथै सुपथ मुल्यमा उपलब्ध गराएको छ । अतुलनीय विशेषता रहेको उक्त फोन धातुबाट निर्मित बाहिरी बनावटका साथ फोनले आफ्नो ढाँचाका र अतिरिक्त एकल स्टाइलका साथ प्रयोगकर्ताहरुलाई आकर्षित गर्ने जनाइएको छ ।
‘बजारमा एस सिरिजका फोनहरु उपलब्ध गराएसँगैं, फोनहरुले यसमा भएको मेटालिक फ्रेमवर्कका कारण कम मुल्यका फोनहरुको वर्गलाई पुनः परिभाषित गरिदिनेछ । कुनै समय यस्तो पनि थियो कि मेटालिक बनावटका फोनहरु केवल उच्चकोटीका फोनहरुको समूहमा पाइन्थे,अब ग्राहकहरुले आफ्नो क्षमताले भ्याउने मुल्यको समुहमा समेत मेटालिक बनौटका फोनहरु खरीद गर्न सक्नेछन् । स्मार्टफोनको निर्माणताका उच्चकोटीका सामग्रीहरु प्रयोग गर्नाले ब्राण्डको महत्व बढाउन पनि मद्दत पुग्दछ ।’ टेलिटक प्रा.लि.का कार्यकारी निर्देशक सञ्जय अग्रवालले बताए ।
जसको मुल्य ने.रु.११,९९५ मात्र कायम गरिएको छ । कलर्स मोबाइलले यो सेट बिक्री शुभारम्भको अवसर पारेर १२ हप्ताको लागि १०० एमबि एनसेल डाटा सित्तैंमा प्रदान गर्ने योजना पनि अघि सारेको छ ।
कलर्स मोबाइलको आरम्भ टेलिटक प्रा.लि..ले सन् २००९ मा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण