चट्याङ लागेर ७२ भेडा मरे, दुई व्यक्ति घाइते
बिहीबार, ०२ भदौ २०७३, १५ : ५१
[caption id="attachment_72313" align="alignleft" width="300"] representative image[/caption]
म्याग्दी । म्याग्दीको गुर्जामा चट्याङ लागेर ७२ भेडा मरेका र दुई कृषक घाइते भएका छन् ।
स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ पर्दा सात कृषकको ७२ वटा भेडा मरेका र गोठमा रहेका इन्द्रबहादुर छन्त्याल र नरे विक सामान्य घाइते भएका गुर्जा गाविसका सामाजिक परिचालक झकबहादुर छन्त्यालले जानकारी दिए ।
बिहानमात्र होस खुलेका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरु खतरामुक्त छन् । घाइतेद्वय छन्त्याल र विकका साथै भवीर विक, खिमसर विक, दुर्ग विक, विनय विक र प्रेमप्रसाद छन्त्यालका भेडा मरेका थिए ।
रातको समयमा भेडा राखेको खर्कमा चट्याङ परेको थियो । सो स्थानमा संयुक्त भेडागोठ थियो । अन्य घाइते भेडा अझै अलपत्र अवस्थामा रहेकाले मर्नेको सङ्ख्या बढ्न सक्ने सामाजिक परिचालक छन्त्यालले बताए ।
ती भेडा मरेर रु १० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । जिल्ला पशुसेवा कार्यालयका प्रमुख दयाराम चापागार्इंले क्षतिको विवरण सङ्कलन गरी कृषकलाई राहतको व्यवस्था मिलाउन पहल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण