नाति मारेको आरोपमा हजुरआमा पक्राउ
बिहीबार, ०२ भदौ २०७३, १६ : ४५
रोल्पा । इलाका प्रहरी कार्यालय सुलिचौरले आफ्नै नाति मारेको आशङ्कामा मामाघरकी हजुरआमालाई पक्राउ गरेको छ ।
जेदवाङ गाविस– ८ राङजातकी ६० वर्षिया मनसरी विकले आफूसँगै बस्दै आएका १० वर्षीय नाति दिनेश बुढालाई मारेको आशङ्कामा बुढाकी हजुरआमा विकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शशीधर अधिकारीले जानकारी दिए ।
गत साउन २७ गते घर नजिकैको रुखमा बुढा झुण्डिएर मरेको भनी उजुरी परेपछि प्रहरी निरीक्षक अधिकारीको नेतृत्वमा घटनास्थल पुगेकोे प्रहरी टोलीले मुचुल्का उठाई शव परीक्षणका लागि जिल्ला अस्पताल रेउघालाई जिम्मा लगाएको थियो ।
बुढाको रहस्यमय ढङ्गबाट मृत्यु भएको देखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार जिल्ला अदालत रोल्पाले थप अनुसन्धानका लागि बुधबार पाँच दिन म्याद थप गरी हजुरआमा मनसरीलाई प्रहरीको जिम्मा लगाएको छ ।
मृतक बुढा मामाघरमा बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण