सुन्धारामा मोबाइलको मल्टि शोरुम सञ्चालनमा
काठमाण्डौ– काठमाडौको सुन्धारास्थित सीटीसी महलमा सबै ब्राण्डका मोबाइलहरु पाइने मल्टि शोरुम सञ्चालनमा आएको छ । सस्तो, सुलभ र आधुनिक प्रविधिका अधिकांश मोबाइलका ब्राण्डहरु तथा एसेसरिजहरुसहित अल्फा स्टोर प्रालिले महलको भुईतलामा बुधबारदेखि मोबाइलको मल्टिशोरुम सञ्चालनमा ल्याएको हो । सञ्चालन शुभारम्भ भएको अवसरमा प्रालिले एक हप्तासम्म मोबाइल किन्दा दुई हजार रुपैयाँ बराबरको ब्लूतुथ निःशुल्क दिने अफर समेत ल्याएको छ ।
नेपालमा पहिलोपटक आधुनिक आइफोनसहित १३ ब्राण्डहरु सबै मोबाइलहरु एकै ठाउँबाट पाइने गरी शोरुम सञ्चालनमा ल्याएको प्रालिका प्रबन्ध निर्देशक संजय बगरियाले जानकारी दिए । उनका अनुसार, शोरुमबाट आइफोनसहित सामसुङ, ओपो, विभो, वान प्लस, एमआई, एचटीसी, नोकिया, सोनी, लाभा, कर्लस, मोटोरोला लगायतका ब्राण्डका मोबाइलहरु सस्तो, ग्यारेण्टी र सुलभ रुपमा खरिद गर्न सकिनेछ । शोरुममा मोबाइल एक्सचेन्जका साथै मर्मतको समेत सेवा रहेको प्रालिले जनाएको छ ।
चीनको ठूलो कम्पनी रिम्याक्सको एसेसेरिजहरु समेत रहेको शोरुममा गुणस्तर एयरफोन, ब्लूतुथ कार केबल, कभर लगायत पाइने प्रालिले जनाएको छ । मोबाइल सम्बन्धी सबै ब्राण्डहरु तथा सेवाहरु एकसाथ पाइनेसुन्धारास्थित सीटीसी महलको भुई तलाको १२२ नम्बरमा रहेको मल्टिपल शोरुममा ५ हजारदेखि १ लाख ५० हजार रुपैयाँ मुल्यसम्मका मोबाइलहरु छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण