अध्ययनको लागि आर्थिक सहयोग
पञ्चकन्या ग्रुपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्ला हाँडिखोला गाविस वडा नं.७ स्थित पम्फा वनकरियालाई उच्च शिक्षा अध्ययन गर्नको लागि आर्थिक सहयोग स्वरुप एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
लोपुन्मुख र पिछडिएको वनकरिया जातिमा पर्ने छात्रा पम्फाले २०७२ सालको एसएलसी परीक्षा दिई सो जातिबाटै पहिलो पटक एसएलसी परीक्षा पास गर्ने छात्रा भएकी छन् । पम्फालाई एसएलसी परीक्षा उत्तीर्ण गरेपश्चात् उच्च शिक्षा अध्ययनको लागि आर्थिक अभाव देखिएको र हाल उनी प्राविधिक शिक्षा अध्ययन गर्ने इच्छाले नवलपरासी स्थित कालिका मेडिकल एण्ड टेक्निकल कलेजमा छात्रवृत्तिको लागि प्रवेश परीक्षा दिंदा वैकल्पिकमा मात्र नाम निस्केकोले सहयोग गरेको कम्पनीले जनाएको छ ।
उनलाई छात्रवृत्तिको कुनै सुनिश्चितता नभएको र सरकारले पनि म जस्तो पिछडिएको समुदायलाई सहयोग नगरेको दुखेसो समेत पोखिन । यस्तो परिस्थितिलाई मध्यनजर गर्दै पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक श्री उज्ज्वलकुमार श्रेष्ठले लोमुन्मुख जातिको उत्थान तथा गरिबीको कारण पढ्नबाट बञ्चित पम्फा वनकरियाको लागि आर्थिक सहयोग उपलब्ध गराएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण