भारतलाई भारी पर्यो वर्षा, टेस्ट बरियतामा पाकिस्तान नम्बर १ मा
लण्डन – चिर प्रतिद्वन्द्वी भारतलाई उछिन्दै पाकिस्तान पहिलोपटक टेस्ट बरियतामा नम्बर १ स्थानमा उक्लेको छ । भारत र वेस्ट इन्डिजको ट्रिनिडाडमा भएको अन्तिम टेस्ट वर्षाले प्रभावित बनेपछि त्यसको प्रत्यक्ष फाइदा पाकिस्तानलाई पुगेको हो । इंग्ल्याण्डसँगको टेस्ट सिरिज २–२ को बराबरी गरेपछि पाकिस्तान गत हप्तामात्र टेस्ट वरियतामा दोस्रो स्थानमा उक्लेको थियो । अस्ट्रेलिया श्रीलंकाविरुद्ध ३–० ले ह्वाइट वास भएपछि पाकिस्तान दोस्रो स्थान तथा वेस्ट इन्डिजविरुद्धको सिरिजमा २–० को अग्रता बनाएको भारत पहिलो नम्बरमा उक्लिएको थियो । पहिलो स्थानमा रहिरहन भारतले अन्तिम टेस्ट जित्नै पर्ने थियो । तर, वर्षाले खेल प्रभावित भएपछि पाकिस्तानले भारतलाई उछिन्दै शीर्ष स्थान कब्जा गर्न सफल भयो । गत हप्ता मात्र पाकिस्तान पछिल्लो एक वर्षमा दोस्रो पटक दोस्रो स्थानमा पुगेको थियो । सन् २००३ मो नयाँ वरियता प्रणाली लागु भएपछि पाकिस्तान यसअघि सन् २०१५ को नोभेम्बरमा इंग्ल्याण्डलाई २–० ले पराजित गर्दै दोस्रो स्थानमा पुगेको थियो । पाकिस्तान सन् २०१४ को अगस्तदेखि टेस्ट श्रृंखलामा अपराजित रहेको छ । त्यति बेला छैटौं स्थानमा रहेको पाकिस्तानले त्यसपछि कुनै पनि श्रृंखला हारेको छैन । हालै मात्र इंग्ल्याण्डलाई बराबरीमा रोक्नु बाहेक पाकिस्तानले श्रीलंकालाई उसैको घरेलु मैदानमा २–१, बंगलादेशलाई १–० र अस्ट्रेलियालाई युएईमा २–० ले ह्वाइट वास गरेको थियो । त्यस्तै न्युजिल्याण्डविरुद्धको सिरिज १–१ ले ड्र गरेको थियो । पाकिस्तानका कप्तान मिसबाह उल हकले शीर्ष स्थानमा पाकिस्तानी उक्लेकोमा आफू गर्वान्वित भएको उल्लेख गरे । यद्यपि, शीर्ष स्थानमा पुग्न आफ्नो लक्ष्यभन्दा पनि खेलको प्रक्रियामात्र भएको बताए । सन् २०१६ मा धेरै पटक टेस्टको वरियतामा परिवर्तन भएको छ । जनवारीमा दक्षिण अफ्रिकालाई पछि छाड्दै भारत शीर्ष स्थानमा पुगेको थियो भने फेब्रुअरीमा अस्ट्रेलिया शीर्ष स्थानमा उक्लेको थियो । हालैमात्र अस्ट्रेलियालाई विस्थापित गर्दै भारत शीर्ष स्थानमा पुगेको थियो भने लगत्तै अहिले पाकिस्तान शीर्ष स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीको सीप परीक्षण विवाद : वैदेशिक रोजगार क्षेत्रमा तरङ्ग, सरकार बेखबर
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण