युनेस्कोले पुर्ननिर्माणमा ढिलाई गरेको भन्दै राजधानीका सातवटा विश्वसम्पदा स्थललाई सूचीबाट हटाउने चेतावनी
शुक्रबार, १० भदौ २०७३, १८ : १९
काठमाडौं । युनेस्कोले राजधानीमा रहेका सातवटा विश्वसम्पदा स्थललाई आफ्नो सूचीबाट हटाउने चेतावनी दिएको छ ।
सम्बन्धित निकायले यी स्थलहरुको पुर्ननिर्माणमा ढिलाई गरेको भन्दै युनेस्कोले आफ्नो सूचीबाट हटाउनुपूर्व यी ठाउँहरुलाई ‘डेन्जर लिष्ट’ मा राख्ने निर्णय गरेको छ । यसले सरकारलाई आफ्नो निर्णयबारे पुर्नविचार गर्न एक वर्षको समय पनि दिएको छ ।
स्वयंम्भुनाथ, बौद्धनाथ, पशुपतीनाथ, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र चाङ्गु नारायण मन्दिरलाई युनेस्कोले खतराको सूचीमा राखेको छ ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेम कुमार राईले नवनियुक्त मन्त्री जीवन बहादुर शाहीलाई जानकारी दिए ।
राईका अनुसार पशुपती क्षेत्रमा बनिरहेको सडकका कारण पशुपतीनाथको मन्दिरलाई खतराको सूचीमा राखेको छ भने अन्य स्थानमा पुर्ननिर्माणको काममा ढिलाई गरेका कारण खतराको सूचीमा राखेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
-
'होर्मुज पुनः खुलेपछि २०२७ मा तेलको आपूर्ति छेलोखेलो हुन्छ'
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण