शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

डण्डिफोरले हैरान पारेको छ ? अपनाउनुहोस्, छालारोग विशेषज्ञका टिप्स

आइतबार, १२ मङ्सिर २०७३, १४ : २५
आइतबार, १२ मङ्सिर २०७३
अनुहार सुन्दर नहोस् भन्ने कसको चाहा होला र ? यस्तो रहर हुँदाहँुदै पनि मुखमा आउने डण्डिफोरले धेरैको अनुहार कुरुप बनाइ दिएको हुन्छ । अधिकांश युवाको चढ्दो जवानीसँगै डण्डिफोरले सताउने गर्दछ । १६, १७ देखि २८, ३० वर्षको उमेरमा हर्मनको बढी विकास वा चलायमान हुने हुँदा सिवासिया ग्रन्थि बढ्छ र डण्डिफोर पनि बढी देखा पर्दछ । डण्डिफोर के हो र यसको निधान कसरी गर्ने ? यस सम्बन्धमा वरिष्ठ छालारोग विशेषज्ञ डा संजिता घिमिरेका सुझाव यस्ता छन् : डण्डिफोर के हो ? –यही कारणले छालामा डण्डिफोर छाउँछ भन्ने चिकित्सा शास्त्रमा अहिलेसम्म कुनै ठोस तथ्य पत्ता लागेको छैन । तर पनि शरीरमा एन्ड्रोज हर्मनको अत्यधिक वृद्धिका कारण छालाको ग्रन्थिमा तैलिया पदार्थ जम्मा हुँदा डण्डिफोर देखा पर्दछ । धेरै जसोमा हर्माेनको असन्तुलन नै डण्डिफोर आउने गर्दछ । डण्डिफोर १६, १७ वर्षको उमेरदेखि २८, ३० वर्षको उमेरसम्ममा बढी देखापर्ने भए पनि कतिपय मानिसलाई उमेर ढल्किँदा पनि यो समस्याले सताइ रहेको हुन्छ । पुरुषको तुलानामा महिलाको छाला २० प्रतिशत कोमल हुने हुँदा डण्डिफोर महिलामा बढी देखा पर्दछ । डण्डिफोर कसरी आउँछ ? शरीरमा हुने हर्माेनको असन्तुलन र छालाको हेरचाहाको कमीकै कारण डण्डिफोर आउँछ । डण्डिफोर कति प्रकारका हुन्छन् ? डण्डिफोर ४ प्रकारका हुन्छन् । –एक्ने बल्गैरिस, सामान्य डण्डिफोरमा अनुहारमा काला दाना, सेता दाना र पिप भरेको ठूलो दाना भएको । –अधिकांशमा डण्डिफोर एक्ने कांगलोबाट हुन्छ । यो एक्ने बल्गैरिसको बिग्रिएको रुप हो । यसले गर्दा डण्डिफोर ठूला ठूला घाउमा परिणत हुने र पछिसम्म छालामा कालो दाग बस्छ । –एक्ने रोजैकियामा गाला, निधार, नाक, चिउँडोमा रातो दाग देखिने र यसले अनुहारमा खाल्टा खाल्टा देखिने हुन्छ । –एक्ने फल्मी नैन्सले भने युवाहरुमा मात्र देखा पर्छ । यो अल्सरजस्तै हुन्छ । डण्डिफोरबाट कसरी बच्ने ? –अनुहारलाई सधैँ सफा राख्ने । –सुन्दरताको लागि अनुहारमा प्रयोग गर्ने सौदर्यका साधनमा बढी सतर्क हुने । गुणस्तरहीन सौन्दर्यका सामान प्रयोग नगर्ने । –क्यालोरीयुक्त खानेकुरा आइसक्रिम, चकलेट, पिज्जा, बर्गर जस्ता खानेकुरा नखाने हँुदैन् । यी खाना बढी भयो भने अन्य रोग पनि निम्तन सक्छ । –अनुहारमा साना दाना देखिए भने कोट्याउनु वा हटाउनु हुँदैन् । –अनुहारमा बढी चिल्लो कुरा लगाउनु हँुदैन् । –जाडोयाममा छाला फुट्नबाट रोक्नका लागि प्रयोग गरिने मोइस्चराइज क्रिम वा अन्य कुरा लगाएर रातभरी राख्नु हुँदैन । –डण्डिफोर देखाप¥यो भने त्यसबाट पिप बगाउनु धेरै हानिकारक हुन्छ । –आफूले अनुहार पुछ्न प्रयोग गर्ने तौलिया वा रुमाल सफा र व्यक्तिगत रुपमा प्रयोग गर्ने । डण्डिफोरको उपचार कसरी गर्ने ? –सामान्यतः डण्डिफोर आए पनि आफै जाने हुन्छ । धेरैजसो मानिसको बानी कस्तो हुन्छ भने डण्डिफोर देखियो भने चलाउने वा कोट्यायर रगत निकाल्ने । त्यसो गर्नु धेरै हानिकार हुन्छ । यसरी डण्डिफोरलाई त्यसलाई चलाउनु हुँदैन । –लामो समयसम्म डण्डिफोर आइरह्यो भने चिकित्सकसँग सल्लाहा गरी औषधी सेवन गर्नुपर्दछ । –यसलाई हातले छोयो भने संक्रमण फैलिने हुँदा हातले छुनु हँुदैन । –चिल्लो खानेकुरामा सचेत हुनुपर्छ । प्रशस्त पानी पिउनुका साथै हरियो साग सब्जी बढी खानुपर्दछ । प्रस्तुति : सर्मिला थापा

जाडोमा दमले सताउँदैछ ? विशेषज्ञ भन्छन्, दमबाट यसरी बचौँ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप