के तपाईं पनि जाडोमा तातो पानीले नुहाउनु हुन्छ ? यो खबर पढ्नुहोस्
चिसोले सबैलाई गाँजिरहेका बेला मानिसहरु चिसो पानी छोडेर तातो पानीले नुहाउन सुरु गर्छन् । यदि तपाईं पनि तातो पानीले नुहाउन सुरु गरिसक्नुभएको छ भने थोरै सावधान हुनुहोस् किनभने तातो पानीले नुहाउनु हानिकारक हुनसक्छ । छालारोग विशेषज्ञ अपूर्व जैनका अनुसार तातो पानीले नुहाउने बानी छाला र कपाल दुबैका लागि निकै हानिकार हुनसक्छ । त्यसरकारण सधैं मनतातो पानीको प्रयोग गर्नुहोस् ।
तातोपानीले १० मिनेटभन्दा बढि नुहाउनु हुँदैन । यसले छालाको नरमपनमा ह्रास ल्याउँछ । यसले छाला रुखो हुनुका साथै उचित स्याहार नगरे फुट्छ ।
यदि तपाईं तातो पानीले माशंपेशीलाई आराम मिल्छ भन्ने सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । किनभने यसले छालाले निकाल्ने प्राकृतिक तेललाई प्रभावित गर्दछ । यसले पनि छालालाई रुखो बनाउँछ ।
लगातार तातो पानीले नुहाउनुको साटो बिचमा चिसो पानी वा मनतातो पानीले नुहाउनुहोस् । यसले छालालाई नरम बनाइराख्छ । तातोपनीले नुहाउनाले शरिरको अन्तरिक तापमा ह्रास आउँछ । र चिसो वातावरणमा शरिर मिल्न सक्दैन । यस्तो अवस्थामा रुघा, खोकीजस्तो साइड इफेक्टको सामना गर्नुपर्ने हुन्छ ।
बास्नादार साबुनले नुहाउँदा पनि छाला रुखो हुने गर्दछ । यसले चिलाउने र छालाको माथिल्लो भाग रुखो भएर झर्ने जस्तो समस्या हुनसक्छ ।
नुहाएपछि छालालाई नरम बनाइराख्न शरिरलाई तीन मिनेटसम्म मोइस्चुराइजर लगाएर माड्नुहोस् । किनभने छाला रुखो भए त्यसमा ब्याक्टेरिया र एलर्जेन्स एक्टिभ हुने गर्दछ ।
नुहाउन प्रयोग गरिने ‘जाली’ लाई लामो समयसम्म प्रयोग नगुर्नहोस् । यसलाई प्रत्येक तीन महिनामा परिवर्तन गर्नुहोस् । किनभने पुरानो जालीमा ब्याक्टेरिया बढ्नसक्ने भएकाले छालासम्बन्धि समस्या देखिनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण