शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

ब्लडप्रेसर,डायबिटिज,युरिक एसिड र मोटोपन का रोगीले यसो गर्नुहोस्

बिहीबार, १६ मङ्सिर २०७३, १४ : ५५
बिहीबार, १६ मङ्सिर २०७३
रोगले जीवन कुनवेला सिध्याउँछ भन्न सकिन्न । खासगरी मुटुसँग सम्बन्धित रोगले मान्छेको मृत्युलाई अकल्पनीय बनाइदिन्छ । त्यसैले, मुटुमा असर गर्ने केही रोगसँग हरपल सजग रहनै पर्छ । हाई ब्लडप्रेसर, मोटोपन, डायबिटिज, युरिक एसिडको समस्या भएकालाई डा. प्रकाशराज रेग्मी मुटुरोग विशेषज्ञले लाइफस्टाइल र खानपिनबारे केही सुझाब दिएका छन् : - हाई ब्लडप्रेसर नुन र चिल्लो पदार्थ निकै कम सेवन गर्ने । धुमपान, मद्यपान र सुर्तीजन्य पदार्थ सेवन नगर्ने । मोटोपन घटाउने । दैनिक आधादेखि एक घन्टासम्म पसिना निस्किने गरी हिँड्ने, दौडिने या जगिङ गर्ने । गहुँ, मकै, कोदो, फापर, गेडागुडीजस्ता रेसादार परिकार खाने । फलफूल नियमित सेवन गर्ने । गाँजर, मूला, बन्दा, काँक्रो, गोलभेँडालगायत मिसाएको सलाद नियमित खाने । ध्यान, योगासन, प्राणायाम नियमित रूपमा गर्ने । रिस नियन्त्रित राख्ने तथा मानसिक उत्तेजनामा नआउने । डायबिटिज चिनी र चिनीबाट बनेको परिकार नखाने । धुमपान, मद्यपान र सूर्तिजन्य पदार्थ (रक्सी, चुरोट, खैनी, बिँडी आदि) सेवन नगर्ने । नुन र चिल्लो कम खाने । खानासँगै सलाद, हरियो सागसब्जी प्रशस्त मात्रामा सेवन गर्ने । गहुँ, मकै, कोदो, फापरबाट बनेका परिकार खाने । दैनिक एक घन्टा हिँड्ने, खेतबारीमा हल्का काम गर्ने, सामान्य खेलकुदमा सहभागी हुने । योगासन, ध्यान, प्राणायाम गर्ने । लामो समयसम्म भोकै नबस्ने । युरिक एसिड रातो मासु (खसी, राँगा) नखाने । भित्री मासु कलेजो, मिर्गौला, गिदी पनि नखाने । मदिरापान, धुमपान, सुर्तीजन्य पदार्थ सेवन नगर्ने । पानी प्रशस्त मात्रामा पिउने । दैनिक ४५ मिनेटदेखि एक घन्टासम्म हल्का पसिना आउने गरी हिँड्ने । योगासन, प्राणायाम (सूर्य नमस्कार, कपालभाँती, भस्त्रिका, अनुलोम विलोम आदि) गर्ने । दाल, गेडागुडी, कुरिलो, सिसीको अचार, गोलभेँडा, तामाजस्ता परिकारको उपभोग कम गर्ने । जंकफुड तथा बेकरी उत्पादन – मम, चाउचाउ, केक, बिस्कुट आदि) कम खाने । मोटोपन मोटो व्यक्तिले मोटोपन नियन्त्रणमा राख्न तथा घटाउन चिनी र चिनीबाट बनेका परिकार नखाने । घिउ, दही तथा बोसो र बोसोयुक्त मासु खाना नखाने । फ्राई गरेको खाना नखाने । खाने परिकारमा जतिसक्दो कम तेल प्रयोग गर्ने । खाना खानुभन्दा अगाडि एक कचौरा हरियो सलाद खाने । बेलुकीको खानामा दुई पिस रोटी, एक कचौरा दाल, हरियो सागसब्जी र सलाद खाने । भात नखानु राम्रो । शारीरिक व्यायाम प्रशस्त मात्रामा गर्ने । नियमित एक घन्टा हिँड्ने, खेतबारीमा काम गर्ने, खेलकुदमा भाग लिने, पौडी खेल्ने । प्रशस्त मात्रामा पानी पिउने । भोक लाग्दा फलफूल खाने । तर, केरा र आँप नखाने । धुमपान, मद्यपान, सुर्तीजन्य पदार्थ (रक्सी, चुरोट, खैनी, पान, सुर्ती, बिँडी आदि) सेवन नगर्ने । योग-ध्यान, प्राणायाम गर्ने र तनावमुक्त जीवन जिउने । दैनिक ६ देखि ८ घन्टा सुत्ने । बिहान उठ्नेबित्तिकै दुई गिलास मनतातो पानी पिउने । नयाँ पत्रिकाबाट      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप