शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

जाडोमा नुहाउँदा यसकारण मिसाउने पानीमा तेल

बिहीबार, १६ मङ्सिर २०७३, १५ : ०१
बिहीबार, १६ मङ्सिर २०७३

एलिसा लेप्चा, ब्युटिसियन

जाडोमा छालामा फुस्रोपन बढी हुन्छ । छालामा प्राकृतिक तैलीय पदार्थको मात्रा निकै कम हुन्छ । पसिना कम निस्किने भएकाले पनि छाला सुक्खा हुन्छ । यस्तो अवस्थामा शरीरलाई थप तेल आवश्यक पर्छ । नुहाएपछि शरीरमा आयली मोस्चराइजरको प्रयोग त आवश्यक छँदै छ । नुहाउँदा पनि पानीमा तेल मिसाउनु उत्तम हुन्छ ।

तातो र चिसो दुवै पानीले छालामा असर गर्छ । तातो पानीले शरीरमा भएको तैलीय पदार्थ झनै नष्ट गर्ने काम गर्छ । त्यसैले तातोपानी झुक्किएर पनि प्रयोग गर्नुहुँदैन । चिसो पानीले नुहाउँदा भने छाला फुट्ने गर्छ । तर, तातोभन्दा चिसो पानीले नै नुहाउनु उपयुक्त हुन्छ । बरु चिसो पानीमा शरीरलाई उपयुक्त तेलको मात्रा मिसाएर नुहाउनु राम्रो हुन्छ ।

पानीमा केही थोपा तेल मिसाएर नुहाउँदा शरीर फुट्ने तथा फुस्रो हुने समस्याबाट मुक्ति मिल्छ । धेरै तेल खन्याउन आवश्यक पर्दैन । त्यसो त जुन पायो त्यही तेलको प्रयोग पनि नगर्नुहोस् । जुनसुकै छालालाई फाइदा गर्ने ओलिभ या आलमन्ड आयल नै रोज्नु ठीक हुन्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप