कसरी दिने गाडीको लाइसेन्स परीक्षा ?
बिहीबार, १६ मङ्सिर २०७३, १५ : १६
शिवकुमार श्रेष्ठ, कीर्तिपुर मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर
सवारीसाधन अनुमतिपत्र (लाइसेन्स)को नयाँ दर्ता चार महिनापछि बल्ल खुलेको छ । त्यसैले यातायात व्यवस्था विभागमा नयाँ लाइसेन्स लिन चाहनेहरूको भीड नै देखिन्छ । अझ बागमती अञ्चलमा मात्र खुला भएका कारण नेपालभरका नयाँ सवारीचालक यहीँ धाइरहेका छन् । लाइसेन्स लिन इच्छुक धेरै व्यक्ति लिखितमा उत्तीर्ण हुने र ट्रायलमा फेल हुने गर्छन् । बल्लबल्ल पालो कुरेर दिएको ट्रायलमा अनुत्तीर्ण हुँदा पक्कै पनि नरमाइलो लाग्छ । त्यसैले लाइसेन्सको ट्रायल दिनुअघि ट्रायल दिने तरिका तथा त्यस्तै पूर्वाधारमा प्रशिक्षण गर्नु उपयुक्त हुन्छ । ट्रायलमा सहज तरिकाले उत्तीर्ण हुन यस्ता कुरामा ध्यान दिनुपर्छः -
ट्रायल परीक्षामा धेरै चरण पार गर्नुपर्ने हुन्छ । यस्तोमा कुन चरणपछि कुन चरण पार गर्नुपर्छ भन्ने जानकारी राख्नुपर्छ ।
ट्रायल दिने व्यक्तिले सवारीसाधनमा बसिसकेपछि सिटको लेभल आफ्नो अनुकूल मिलाउनुपर्छ । कहिलेकाहीँ सिट अगाडि–पछाडि पनि भएको हुन सक्छ । त्यसैले सबैभन्दा पहिला आफूलाई सजिलो हुने गरी मिलाउनुपर्छ ।
त्यसपछि लुकिङ ग्लास, रुम मिरर मिलाई सिटबेल्ट बाँध्न बिर्सनु हुँदैन ।
गाडी अगाडि बढाउने क्रममा क्लच कुन पोजिसनमा छ, पत्ता लगाउनुपर्छ । कुनै गाडीमा क्लच थोरै छाड्दा पनि गुड्न थाल्छ भने कुनैमा माथिसम्म नै क्लच छोड्नुपर्ने हुन्छ । ट्रायलमा उपलब्ध हुने गाडी पहिला आफूले प्रयोग नगरेको हुने हुँदा पोजिसन थाहा हुँदैन ।
सवारीसाधन अंग्रेजी अंक ‘एट’मा छिराउँदा कतिपयले पहिला नै डिभाइडर छुवाउने हुन्छ । त्यसैले जुन साइडमा जाने हो त्यसको अपोजिटतिर केही भाग च्यापेर ‘एट’मा छिराउँदा डिभाइडर नछोइकन जान सकिन्छ ।
हाल ट्रायलमा सञ्चालन भइरहेको ‘एट’मा सर्कल पूरा गरिसकेपछि सोही दिशाबाट हाप ‘एट’ बनाई बाहिर निस्कनुपर्छ । यसरी निस्कँदा हाल ट्रायलको निर्देशिकाअनुसार नभई ‘एट’भन्दा बाहिर पनि ‘एस’ बनाउनुपर्छ । सो एसमा तीनपटकसम्म साइड लाइट बाल्नुपर्छ । पहिला ‘एट’बाट निस्कनासाथ राइट साइड बाल्नुपर्छ । त्यसपछि स्टेरिङ उल्टाएर लेफ्टमा बाल्ने र फेरि उल्टाएर ‘यू’ टर्नमा राइट साइड बालिन्छ -
यू’ टर्नबाट अगाडि बढ्दा ट्राफिक लाइटलाई याद गर्नुपर्ने हुन्छ । यदि हरियो बत्ती बलेको छ भने जेब्राक्रसिङमा नरोकी अगाडि बढ्नुपर्छ । त्यस्तै, पहेँलो र रातो बत्ती बलेको अवस्थामा जेब्राक्रसिङलाई नछोईकन रोक्नुपर्छ ।
स्पिड ब्रेकरमा जाँदा थोरै मात्रामा एक्सिलेटर लिएर बिस्तारै अगाडि बढ्नुपर्छ ।
उकालोमा डिभाइडरलाई सवारीकोे पछाडिको भागले पार गरेपछि रोक्नुपर्ने हुन्छ । निर्देशिकामा भएअनुसार उकालो–ओरालो नभईकन ट्रायलमा अहिले उकालो मात्र भएकाले सवारीलाई पछाडि नहटाईकन थोरै अगाडि बढाएर रोक्न आएको निर्देशनअनुसार रोक्नुपर्छ ।
यसरी रोकेपछि पुनः सोही बाटोबाट पछाडि आएर ‘एल’ पार्किङमा जानुपर्ने हुन्छ । धेरै प्रशिक्षार्थी यही स्टेपमा फेल हुने भएकाले विशेष ख्याल राख्नुपर्छ । यो नै अन्तिम स्टेप पनि हो ।
जब हामी सवारीलाई एलभित्र छिराउँछौँ, सो समयमा लुकिङ ग्लास र स्टेरिङलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । कतिपय सवारीचालकले ब्याक गरेर आउने क्रममा सवारी सीधा भइसकेपछि पनि स्टेरिङ सीधा गर्न बिर्सन्छन् । फलस्वरूप डिभाइडरलाई छुन सक्छ ।
सवारी सीधा भएपछि स्टेरिङ सीधा गर्न भुल्नु हुँदैन । अथवा, सवारी कता च्यापिएको छ र कता स्टेरिङ काट्दा सवारी कता जान्छ, यो विषयमा ध्यान दिएर बिस्तारै सवारीलाई अगाडि र पछाडि गर्नुपर्ने हुन्छ ।
यसरी एल पनि कटाइसकेपछि एलबाट सवारीलाई बाहिर निकालेर स्टार्ट अफ गर्ने या सवारीलाई न्युट्रलमा राख्नुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण