रक्तचाप नियन्त्रण गर्न यस्तो श्वास–प्रश्वास विधि चाहिन्छ
योगी पूर्ण श्रेष्ठ, महामृत्युञ्जय योग केन्द्र, गौशाला
मानव जीवनमा श्वासको महत्व सबैभन्दा बढी छ । श्वास नै मासिको जीवन, शक्ति तथा विभिन्न रोगबाट बचाउने औषधि पनि हो । अझ मानिसलाई धेरै सताउने उच्च रक्तचाप र श्वासको सम्बन्ध त घनिष्ट नै हुन्छ । अव्यवस्थित जीवनशैलीले अहिले उच्च रक्तचाप धेरै मानिसमा देखिने सामान्य रोगजस्तै हुन थालेको छ । चिन्ता, विक्षिप्तता, खानामा गडबडी, तनावका साथै मुटु, रक्तनलीमा कडापन, अनिद्रा, किड्नी र ग्यासको समस्याजस्ता कारणले रक्तचापमा वृद्धि हुन्छ । यस्ता विभिन्न कारण भए पनि योगका दृष्टिमा तनावको चाप बढ्नु नै रक्तचाप बढ्नुको प्रमुख कारण हो । टक्सिन, विषाक्त ग्यास, कार्बनडाइअक्साइडको वृद्धि र शारीरिक निष्क्रियताले तनाव दिन सक्छ । यस्तो समयमा रिंगटा लाग्ने, टाउको दुख्ने वा उठ्नै नसक्ने अवस्थामा पनि श्वास–प्रश्वासको प्रयोग गरी निर्मूल पार्न सकिन्छ ।
विधि उठेको, बसेको, सुतेको या हिँड्दाहिँड्दैको कुनै पनि अवस्थामा नाकले बिस्तारै लामो श्वास तानी भित्र भर्ने । श्वास भरिसकेपछि त्यो भित्र भरिएको श्वासलाई मुखबाट लामो गरी बाहिर निकाल्ने । यो क्रम आफूलाई आराम तथा हल्का महसुस नभएसम्म गरिरहने । यो प्रक्रिया हामीले पनि धेरैपटक प्रयोग गरिसकेका छौँ । तपाईंहरू पनि यसलाई एकपटक अपनाएर अनुभव गर्नुहोला । एकदम तनावमुक्त भई तन, मन लगाएर कार्य गर्दा अवश्य पनि आरामको महसुस गर्न सकिन्छ ।
लाभ कसरी पाइन्छ ?
यो प्रक्रियाले तुरुन्त लाभ पाउन सकिन्छ । विभिन्न कारणले हाम्रो मस्तिष्क, मुटु, रक्तनलीमा अक्सिजनको अभाव हुन्छ । टक्सिन, विषाक्त ग्यास र कार्बनको अत्यधिक बृद्धि हुनासाथ रक्तचाप अचानक बढ्छ । यसलाई हामी हाई ब्लडप्रेसर भन्छौँ । यसले मुटुको समस्या मात्र नभएर प्यारालाइसिस, ब्रेन ह्यामरेजजस्ता समस्या पनि निम्त्याउन सक्छ । यिनै विषाक्त तत्व नै डिप्रेसन, माइग्रेन, पिनास, साइनस र अति निद्रा तथा अनिद्राको कारक तत्व हो । योगको भाषामा सम्पूर्ण ज्ञानेन्द्रियलाई भ्रमित, दिग्भ्रमित तथा पिनियल, पिट्युटरी ग्रन्थिको हर्मोनलाई नै विषाक्त बनाई जीवनशैली नै बर्बाद गराउँछ । यो सामान्य, सरल र श्वासको अभ्यासले जीवनमा आमूल परिवर्तन, सुधार र स्वास्थ्य विकास गर्न सहायकको काम गर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण