शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

चुम्बनका यी सात कलामार्फत गर्नुहोस् पार्टनरलाई फिदा

आइतबार, १९ मङ्सिर २०७३, १३ : २८
आइतबार, १९ मङ्सिर २०७३

केही नभनी आफ्नो प्रेमलाई दर्साउने सबैभन्दा राम्रो र प्रभावकारी तरिका भनेको चुम्बन हो । तर चुम्बन गर्नु पनि एक कला हो । तपाईं यसमा जति सृजनात्मक हुनुहुन्छ त्यसको असर त्यति नै धेरै तपाईंको पार्टनरलाई पर्दछ । त्यसकारण चुम्बन गर्दा भिन्न भिन्न तरिका अपनाएर पार्टनरलाई आफ्नो प्रेम दर्साउनुहोस् ।

अमेरिकन किसः अमेरिकन किस पनि फ्रेन्च किसजस्तै हुन्छ तर यसमा जिब्रोको प्रयोग हुँदैन । आफ्नो पार्टनरलाई कम्मरमा समातेर आफ्नो नजिक ल्याउनुहोस् र राम्रो तरिकाले चुम्नुहोस् । उनको पिठ्युँमा आफ्नो हात राखेर उनलाई थोरै झुकाउनुहोस् र रोमान्टिक हुनुहोस् ।

सिंगल लिप किसः पार्टनरलाई आफ्नो मनको कुराबाट परिचित गराउनका लागि सिंगल लिप किसले तपाईंलाई सहयोग गर्नेछ । उनीतर्फ झुक्नुहोस् र उनको ओठलाई रोमान्टिक तरिकाले चुम्बन गर्न सुरु गर्नुहोस् । चुम्बन गर्ने बेलामा ओठलाई नटोक्ने कुरामा विशेष ध्यान दिनुहोस् ।

फ्रेन्च किसः फ्रेन्च किसले तपाईंको पार्टनरमा रोमान्स पैदा गर्छ । यसमा जिब्रोलाई पार्टनरको मुखमा राखेर चारैतर्फ घुमाइन्छ । मुखबाट मुख मिलाएर फ्रेन्च किस गरिन्छ ।

लिप ट्रेस किसः पार्टनरको ओठको बिचबाट आफ्नो जिब्रोलाई निकै मायाले छिराउनुहोस् र चुम्बन गर्न थाल्नुहोस् । यसले पार्टनरलाई उत्तेजना बढाउन सहयोग गर्दछ जसले तपाईंको अन्तरंग पलको सहि आनन्द लिन मद्दत गर्दछ ।

निबल किसः आफ्नो पार्टनरलाई उत्तेजित पार्न चाहनुहुन्छ भने निबल किस गर्नुहोस् । पार्टनरको तल्लो ओठलाई दाँतले समात्नुहोस् र बिस्तारै बिस्तारै टोक्नुहोस् । तर यो क्रममा धेरै उग्र नहुनुहोस् र पार्टनरलाई बेस्सरी नटोक्नुहोस् ।

आइस किस: आफ्नो पार्टनरलाई निकै मज्जाले चुम्बन गर्न चाहनुहुन्छ भने यो तरिका अपनाउनुहोस् । यसले पक्कै पनि तपाईंको पार्टनरलाई रोमाञ्चित बनाउनेछ । आफ्नो ओठको बिचमा बरफको टुक्रा राख्नुहोस् र आफ्नो पार्टनरलाई चुम्बन गर्न सुरु गर्नुहोस् । जबसम्म तपाईंको मुखमा बरफ पुर्ण रुपमा नपग्लिएसम्म पार्टनरलाई चुम्बन गरिरहनुहोस् ।

 टङ किस: छेपारोले जिब्रो निकालेको जस्तै गरी तपाईंले पनि आफ्नो पार्टनरलाई चुम्बन गर्न सक्नुहुन्छ । यस्तो प्रकारको चुम्बनमा तपाईंले आफ्नो जिब्रो बाहिर निकालेर ओठको प्रयोग नगरी एक अर्कालाई चुम्बन गर्न सक्नुहुन्छ । तर कोही व्यक्तिको लागि भने यो थोरै नराम्रो लाग्न सक्छ तर जो व्यक्ति गहिरो सम्बन्धमा छन् उनीहरुका लागि यो निकै उत्तेजक साबित हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप