मात्र एउटा आलूले के के गर्न सक्छ, थाहा पाउनुस् १० फाइदा
आलूमा प्राकृतिक ब्लिचिङ एजेन्ट हुन्छ जसले छालालको रङलाई निखार्न मद्दत गर्दछ । छालाको दाग धब्बालाई हटाउनेदेखि अनुहारको रंगमा निखार ल्याउँछ, एउटा आलुमा । ब्यूटी एक्सपर्ट निक्की बावाका अनुसार आलूमा एन्टी एजिङ गुण हुन्छ जसले चाउरीबाट बचाउन सहयोग गर्दछ । आउनुहोस्, आलुका १० प्रयोग र यसका फाइदा ।
एउटा आलूको रसमा अण्डाको सेतो भाग मिसाएर अनुहार र गर्धनमा लगाउनुहोस् । २० मिनेट राखेपछि पानीले धुनुहोस् । छाला चाउरी पर्नबाट जोगाउँछ ।
एउटा आलूलाई कोरेसोमा कोर्नुहोस् । यसमा एक चिम्टी बेसारको धुलो मिसाएर अनुहारमा लगाउँदा रंग गोरो हुन्छ ।
आलुको एउटा स्लाइसमा केही थोपा पानी हालेर यसलाई अनुहारमा पाँच मिनेटसम्म रब गर्नुहोस् । यसले दाग धब्बा टाढा रहन्छ ।
एउटा आलूको रसमा कागतीको रसको केही थोपा मिसाएर अनुहार र हातमा १० मिनेटसम्म लगाउनुहोस् । यसले अनुहारको चमक बढाउँछ ।
एउटा आलुलाई पिस्नुहोस् । यसमा मुल्तानी माटो र गुलाब जल मिसाएर अनुहारमा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् । अनुहारको निखार बढ्छ ।
एउटा आलूको रसमा थोरै काँचो दुध मिसाउनुहोस् । यसलाई छालामा लगाउनुहोस् र २० मिनेटपछि धुनुहोस् । यसले छालालाई गोरो बनाउँछ ।
एउटा आलूलाई स्लाइसमा काट्नुहोस् । यसलाई आँखाको मुनी डार्क सर्कलमा पाँच मिनेटसम्म राख्नुहोस् र डार्क सर्कल हट्छ ।
एउटा आलूलाई पिसेर त्यसमा काँचो दुध र बदामको तेल मिसाउनुहोस् । यसलाई छालामा लगाउँदा छाला नरम हुन्छ ।
एउटा आलूको रसमा २ चम्चा कागतीको रस मिसाएर अनुहारमा लगाउनुहोस् । त्यसपछि आधा घण्टापछि धुनुहोस् । यसले अनुहारको रंग निखार्छ ।
एउटा आलूलाई कोरेसोमा कोर्नुहोस् । र यसलाई दहीमा मिसाएर अनुहारमा लगाउनुहोस् । छाला गोरो हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण