शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

जान्नुहोस् : तपाईंले खाएको पौष्टिक तत्वले शरीरमा यस्तो काम गर्छ...

मङ्गलबार, २१ मङ्सिर २०७३, ११ : ५२
मङ्गलबार, २१ मङ्सिर २०७३

स्वास्थ्य शरीरका लागि सन्तुलित खानाको आवश्यकता पर्दछ । त्यस्तो खानामा शरीरलाई आवश्यक पर्ने विभिन्न पौष्टिक तत्वको समायोजन गर्नुपर्दछ । हामीले दैनिक खाने खानामा कुन–कुन पौष्टिक तत्व पाइने चीज समावेश गरेका छौं र ती तत्वमा के–के पाइन्छ । जानौं :

कार्बोहाइड्रेट : –शक्ति प्रदान गर्ने । यसबाट ७०–८० प्रतिशत शक्ति प्राप्त गर्न सकिन्छ ।

–एक ग्राम कार्बोहाइड्रेट बराबर ४ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।

भिटामिन : शरीरका लागि भिटामिन नभई नहुने तत्व हो । तर थोरै भए पनि पुग्छ । भिटामिन धेरै प्रकारका हुन्छन् :

भिटामिन ए –छालालाई स्वस्थ राख्छ । –आँखालाई स्वस्थ राख्छ । –शारीरिक वृद्धि विकासमा सहयोग गर्छ । –अन्य रोगको सङ्क्रमणबाट बचाउन सहयोग गर्छ ।

भिटामिन बी –स्मरण शक्ति तेज बनाउँछ । –थकान, कमजोरी कम गर्छ । –झाडा पखला जस्ता सरुवा रोगबाट बचाउन सहयोग गर्छ ।

भिटामिन सी  –रक्ता अल्पदा कम गर्छ । –रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । –दाँत तथा गिजासम्बन्धी रोगबाट बचाउँछ । –छालाभित्र हुने रक्तकोषिका फुट्न दिँदैन ।

भिटामिन डी : –हड्डी बलियो बनाउँछ । –आवश्यकभन्दा बढी खजिन भए त्यसलाई नियन्त्रणमा राख्छ । –रिकेट्स र ओस्टिओमालासिया जस्ता हड्डीसम्बन्धी रोगबाट बचाउँछ ।

भिटामिन ई : –राता रक्तकोष निर्माण गर्छ । –कोष–कोषिकाहरु नष्ट हुन दिँदैन् । –शरीरलाई आवश्यक पर्ने चिल्लो सुरक्षित राख्छ ।

भिटामिन के : –घाउ, चोट निको बनाउँछ । –चोट लाग्दा अत्यधिक रगत बग्न कम गर्छ । –हड्डी बलियो राख्न र बनाउन सहयोग गर्छ ।

प्रोटिन : –कोष कोषिकाको वृद्धि गर्छ । –खिइएको कोष कोषिकाहरुको मर्मत, सम्भार गर्छ । –शारीरिक वृद्धि विकासमा धेरै सहयोग गर्छ । –१ ग्राम प्रोटिन बराबर ४ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।

खनिज तत्वहरु : क्याल्सियम : –हड्डी बलियो बनाउँछ । –दाँत बलियो बनाउँछ । –मांशपेशी मजबुत बनाउँछ ।

फलाम –रगत बनाउँछ । –रक्त अल्पताको कमी गराउँछ । –रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

आयोडिन  –शरीरलाई सुस्त हुन दिँदैन् । –गलगाँडबाट बचाउँछ । –अपाङ्ग (लाटो, लठेप्रो) हुन दिँदैन् ।

फ्लोरिन  दाँतलाई स्वस्थ राख्न सहयोग गर्छ ।

चिल्लो  –शक्ति प्रदान गर्छ । –छाला सुरक्षित राख्न सहयोग गर्छ । –भिटामिन ए, डी, के, ईलाई सुरक्षित राख्छ । –एक ग्राम चिल्लो बराबर ९ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।

पानी  –सबै पौष्टिक तत्वलाई शरीरका विभिन्न भागमा पु¥याउँछ । –शरीरमा तातोपना कायम राख्छ । –दिसापिसाबका माध्यमबाट शरीरको फोहोर मैला बाहिर निकाल्छ । एजेन्सी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप