आँखा स्वस्थ राख्न गर्नुहोस् यी ११ काम
सोमबार, २७ मङ्सिर २०७३, १० : ३९
आँखा एउटा महत्वपूर्ण ज्ञानेन्द्रिय हो । यसको आकार सानो तर भूमिका ठूलो छ । आँखा निकै संवेदनशील पनि छ । त्यसैले यसको सुरक्षामा सधैँ चनाखो हुन जरुरी छ । कसरी स्वस्थ राख्ने आँखा ? आँखारोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेलले ११ टिप्स दिएका छन्:
१. बिहान उठेपछि केहीबेर बाहिरी हरियाली तथा खुला आकाशमा आँखा डुलाउनुहोस् । यसले आँखालाई फाइदा गर्छ । बिहानी मौसममा शारीरिक कसरत गर्दा शरीरका अन्य अंगमा फाइदा पुगेजस्तै आँखाको विशेष कसरतले आँखा स्वस्थ राख्न मद्दत पुग्छ ।
२. खानपानको तौरतरिकाले आँखाको स्वास्थ्यमा ठूलो भूमिका खेलेको हुन्छ । स्वस्थ आँखाका लागि सिजनअनुसारका हरियो सागपात तथा पहेँला फलफूल खानुपर्छ । यसैगरी माछा–मासु, दूध तथा गेडाडुडीमा पनि आँखालाई आवश्यक भिटामिन हुन्छ । पर्याप्त मात्रामा नियमित पानी पिउनुपर्छ ।
३. आजकाल अधिकांश व्यक्तिको दैनिकी स्क्रिनमा घन्टौँ काम गरेर बित्ने गर्छ । स्क्रिनमा लामो बसाइ आँखाका लागि हानिकारक हुन सक्छ । कम्प्युटर तथा ल्यापटपको स्क्रिनबाट निम्तिने असर कम गर्न विशेष चस्मा प्रयोग गर्न सकिन्छ । त्यसैगरी घन्टौँ स्क्रिनमा व्यस्त रहने व्यक्तिले बीच–बीचमा ब्रेक लिनुपर्छ । २० मिनेटसम्म निरन्तर स्क्रिनमा हेरेपछि कम्तीमा २० सेकेन्ड ब्रेक लिएर आँखाको फोकस चेन्ज गर्नुपर्छ । खुला आँखालाई यस बीचमा चिम्लिने गर्न पनि सकिन्छ ।
४. कामको सिलसिलामा स्क्रिनबाट ब्रेक लिएर आँखाको हल्का कसरत पनि गर्न सकिन्छ । एक घन्टाको अन्तरमा आँखालाई तल–माथि र दायाँ–बायाँ गर्नु राम्रो हुन्छ । यो स्टेप एक–दुई पटक गर्दा पुग्छ । तर, आँखालाई पीडा महसुस हुने गरी घुमाउनु हुँदैन ।
५. कोठा अँध्यारो बनाएर टेलिभिजन हेर्नु हुँदैन । कोठा अँध्यारो बनाएर टेलिभिजन हेर्दा टेलिभिजनबाट निस्किने उज्यालोले आँखाको ज्योति कमजोर गराइदिन्छ । दिउँसोको समयमा पनि पुरै पर्दा लगाएर कोठा अँध्यारो बनाई टेलभिजन हेर्नु हुँदैन ।
६ . बाहिरी घामको किरण या कोठाभित्रको बत्ती परेर स्क्रिन टल्किएको अवस्थामा कम्प्युटर तथा ल्यापटप चलाउनु हुँदैन । टल्किएको भागमा आँखा पर्दा आँखाको ज्योतिमा असर पार्छ । आँसु निस्किने समस्या हुन्छ । त्यसैले बाहिरी ज्योति नपर्ने ठाउँतिर स्क्रिन राख्नुपर्छ।
७. बाहिरी वातावरणमा निस्किँदा आँखाको सुरक्षाका लागि चस्मा लगाउनुपर्छ । सन प्रोटेक्सन चस्मा लगाउनु उत्तम हुन्छ । यसले धुवाँ–धुलोबाट मात्र होइन सूर्यको अल्ट्राभाइलेट किरणबाट पनि आँखाको ज्योति जोगाउँछ ।
८. अफिस या कार्यस्थलमा आँखाको सीधा अगाडि पर्नेगरी एसी र पंखा राख्नु हुँदैन । एसी र फ्यानको चिसो निरन्तर पर्दा आँखा सुख्खा हुन्छ । सुख्खापनले आँखामा जटिलता निम्त्याउँछ । त्यसैले एसी वा पंखा आफ्नो आसनभन्दा पछाडि वा दायाँ–बायाँ गरेर राख्नुपर्छ ।
९. सामान्य अवस्थामा कहिलेकाहीँ आँखा कमजोर भइरहेको वा समस्या निम्तिएको थाहा नुहुन सक्छ । त्यसैले जुनकुनै अवस्थामा पनि कम्तीमा वर्षको एकपटक आँखाको पावर जाँच गर्नु राम्रो हुन्छ ।
१०. आँखामा तत्काल कुनै समस्या देखिएको छैन तर, शरीरमा सुगर, हाई ब्लड प्रेसर, ट्युबरक्लोसिसजस्ता दीर्घ रोग लागेको छ भने आँखामाथि जुनकुनै वेला खतरा निम्तिन सक्छ । यस्ता रोगीले ६–६ महिनाको अन्तरमा आँखा जाँच गराउनु ठीक हुन्छ ।
११. आँखामा कुनै समस्या आउँदा हचुवाको भरमा औषधि वा कुनै चिज नहाल्नुहोस् । विशेषज्ञ चिकित्सकको परामर्शमा मात्रै यो प्रक्रियामा अगाडि बढ्नुहोस् । निकै संवेदनशील हुने भएकाले आँखामा सानो कमजोरी हुँदा पनि ठूलो समस्या निम्तिन सक्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीहरू हेपिन तयार छैनन् : योगेश भट्टराई
-
प्रधानमन्त्री ढुंगाजस्तो मौन बस्न मिल्दैन, सीमाबारे स्पष्ट जवाफ चाहियो
-
पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर
-
राज्य नै नागरिकको हत्या गर्न लाग्यो : ऐन महर
-
गणेश नेपालीको निधनमा दीपकराज गिरी भन्छन्, ‘सरकारको पहिलो विकेट पतन भयो’
-
गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण