यो हो सुत्ने सही तरिका
शनिबार, ०९ पुस २०७३, ११ : ४९
खानपान तथा रहनसहनका कारण हाम्रो शरीरमा विभिन्न प्रकारका रोग लाग्ने धेरैलाई थाहा छ । तर, सुत्ने तरिका गलत हुँदा पनि धेरै प्रकारका रोग लाग्न सक्छ । श्वासप्रश्वास, मुटु, ग्यास्ट्रिकजस्ता समस्या भएका मानिसले सुत्ने वेलामा विचार पुर्याउनुपर्छ । घुर्ने समस्या भएकाले उत्तानो परेर सुत्नु हुँदैन । निदाएको समयमा घुर्ने बानी थाहा भएपछि कोल्टे परेर सुत्नुपर्छ । मुटुका रोगीले दाहिनेपट्टि फर्केर सुत्नु राम्रो हुन्छ ।
ढाड दुख्ने समस्या भएका मानिस धेरै छन् । त्यस्ता व्यक्तिले पनि सुत्ने समयमा ओछ्यान या सुताइको अवस्थामा विचार पुर्याउनुपर्छ । धेरैको सोचाइ हुन्छ, बाक्लो लुगा र गुन्टा प्रयोग गरेर सुत्दा आरामदायी हुन्छ र मिठो निद्रा लाग्छ । तर, यो एकदम गलत तरिका हो । कहिल्यै पनि बाक्ला लुगामा सुत्नु हुँदैन । तर, बाथजस्ता समस्या भएका व्यक्तिहरूका लागि भने केही न्यानो कपडा प्रयोग गर्नुपर्छ ।
उत्तानो परेर सुत्नु स्वास्थ्यका हिसाबले निकै हानिकारक मानिन्छ । उत्तानो परेर सुत्दा जिब्रोको भाग पछाडि श्वासनलीमा गएर बस्न सक्छ । जसले श्वासनलीको बाटो नै बन्द हुने अवस्था आउन सक्छ । यस्तो भएमा कहिलेकाहीँ मानिस निसासिएको भान भई अचानक उठ्ने गर्छन् । कतिपय अवस्थामा मानिस निसासिएरै मृत्यु पनि हुन सक्छ । यस्तो आसनको सुताइले मुखमा रहेको थुक सर्किन सक्ने सम्भावना पनि धेरै हुन्छ । सुत्दा यस्तो समस्या देखिएमा कोल्टे परेर सुत्नुपर्छ ।
चिकित्सा विज्ञानमा सुताइको तरिका भनेको घुर्ने समस्या भएका मानिसका लागि मात्रै हो । अरूका लागि सुताइको आसन खासै आवश्यक पनि पर्दैन । सेटल नम्र्स सिस्टम, एनाटोमी फिजियोलोजिकल, र टन्सिलाइटिसका कारणले हो भने त सानै उमेरमा पनि समस्या हुन सक्छ । अन्यथा, अधबैँसे उमेरपछि समस्या हुन्छ ।
जाडो होस् या गर्मी मौसम, कतिपय मानिस हरेक समयमा सिरकले मुख छोपेर सुत्ने गर्छन् । यो झनै गम्भीर विषय हो । चिसो भएमा टाउकोमा टोपी लगाउन सकिन्छ । तर, सिरकले मुख छोप्नु गलत कार्य हो । कार्बनडाइअक्साइड र अक्सिजन परिवर्तन हुन नपाएको खण्डमा सुतेकै समयमा मानिसको मृत्यु पनि हुन पुग्छ । सिरक छाडेर ब्ल्याङ्केट ओड्नेहरूको जमात पनि पछिल्लो समय वृद्धि भइरहेको छ । ब्ल्याङ्केट धेरै धोइरहनु पर्दैन । तर, त्यसमा धुलोका कण रहिरहेकै हुन्छन् । यही कारणले पनि श्वासप्रश्वासमा समस्या निम्त्याउँछ ।
यतिवेला जाडोको समय भएकाले खानपिनमा पनि धेरै ध्यान दिनुपर्छ । चिसो कुराको प्रयोगले स्वास्थ्यमा निकै असर पार्छ । अझ चिसोको समस्या भएका र दमका रोगीहरूको हकमा सा“झ चिसो खानेकुरा बार्नैपर्दछ । सुत्नुअगाडि पानी मात्रै होइन, झोल पदार्थको प्रयोग पनि साँझ ४ बजेबाट घटाउँदै लैजानुपर्छ ।
साँझपख धेरै पानी खाएमा किड्नीलाई लोड बढी हुन्छ । यसले काम गर्न सक्दैन । पानी भएर एसिड बढी भएको खण्डमा सुतेको वेला मानिसको मृत्यु पनि हुन सक्छ । किड्नीलाई आराम गराउन पानी कम खानुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीहरू हेपिन तयार छैनन् : योगेश भट्टराई
-
प्रधानमन्त्री ढुंगाजस्तो मौन बस्न मिल्दैन, सीमाबारे स्पष्ट जवाफ चाहियो
-
पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर
-
राज्य नै नागरिकको हत्या गर्न लाग्यो : ऐन महर
-
गणेश नेपालीको निधनमा दीपकराज गिरी भन्छन्, ‘सरकारको पहिलो विकेट पतन भयो’
-
गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण