पाल्पाका ६० विद्यालयमा अक्षकोष स्थापना
पाल्पा –पाल्पाली समाज युएईले पाल्पा जिल्लाका ६० गाविसका विद्यालयमा अक्षकोष स्थापना अभियानलाई तिब्रता दिएको छ ।
समाजले ‘एक गाविस एक विद्यालय’ छनोट गरी जिल्लाका ६० वटा विद्यालयका गरिव तथा जेहन्दार विद्यार्थीको लागि अक्षयकोष स्थापना अभियान तिव्र बनाएको हो । पहिलो चरणमा २० विद्यालय, दोस्रोमा २० र तेस्रोमा २० गरि अक्षकोष स्थापनाको कार्यक्रम संचलन गरिएको युएई समाजले जनाएको छ ।
समाजले बार्षिक कार्यक्रम अन्तरगत पहिलो चरणको कार्यक्रमलाई तिब्रता दिएको छ । जसमा १५ विद्यालयमा अक्षकोष स्थापनाको काम सम्पन्न भएको पाल्पाली समाज युएईका क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर घर्तिले जानकारी दिए ।
यसैबीच जनप्रकास निम्न माध्यमिक विद्यालय जल्पा–३ साठ्ठिकोलमा अध्यक्ष घर्ति र दुर्गा बहादुर बारघरे गाउँमै पुगेर अक्षकोष स्थापनाका लागि २५ हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
रकम हस्तानतरण गर्दै घर्तिले समाजको नयाँ नीतिअनुसार एक बर्षमा ३६४ दिन आफ्नो लागि र १ दिन समाजका लागि भनेर अभियान संचालन गरी विद्यालयमा अक्षकोष स्थापनाको कार्यक्रम अगाडि बढाइएको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण